विप्लव माओवादीद्धारा महङगि तथा कालोबजारीका बिरुद्ध कात्तिक २८ गते नेपाल बन्दको घोषणा

काठमाण्डौ, भदौ २० ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले लोबजारी,महंगी,कृतिम अभाव, विचौलियाको बिरुद्ध आगामी भदौ २० देखि २५ गतेसम्म सर्घषका कार्यक्रम घोषणा गरेको छ ।

राजधानीमा आज पत्रकार सम्मेलन गरि माओवादीले भदौ २० देखि २५ गतेसम्म दाल, चामल, तेल, चिनी, तरकारी, फलफूल, दूध र मासुमा ५० प्रतिशत मूल्य घटाउन मागसहित पहिलो चरणको संघर्षका कार्यक्रम घोषणा गरेको हो ।

खाध्यान्हमा हाल बजारमा कायम मुल्यमा ५० प्रतिशत मुल्य घटाउन तथा मुलुकभर एकै मुल्य निर्धारण गर्न माओवादीले माग गरेको छ । यस्तै पेट्रोलियम पदार्थमा पनि मुल्य घटाउन माग गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै माओवादी प्रवत्ता प्रकाण्डले भदौ २२ गते सरकारलाई ज्ञापनपत्र बुझाउने, भदौ २८ गते देशव्यापी मशाल जुलुस र असोज ५ गते आपूर्ति मन्त्रालय घेराउ गर्ने जानकारी दिनुभयो ।

संघर्षका कार्यक्रमअन्तर्गत असोज २५ गते देशव्यापी एक घण्टा (विहान ९ देखि १० बजेसम्म) चक्काजाम गर्ने र दशैं तिहार पछि कात्तिक २८ गते नेपाल बन्द गर्ने पनि उहाले बताउनु भयो ।

पार्टीले सन्चालन गर्दै आएको भ्रष्टचार , राष्ट्रघाति संझौताहरु अपर कर्णली ,अरुण तीन , कोशी उच्च बाधको बिरोध तथा सुकुम्बासी माथिको दमन , कपिलबस्तु लगायतका जिल्लाहरुमा लगाईएका झुठा मुद्धा र दमन बिरोधी संघर्षलाई निरन्तर संचालन गर्ने पनि निर्णय गरेको माओवादीले जनाएको छ ।

यस्तै आउँदो फागुन पहिलो साता आठौं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको पनि प्रवत्ता प्रकाण्डले जानकारी दिनुभयो ।

हालै सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले माओवादी जनयुद्धको उद्गमस्थल रोल्पाको थवाङमा फागुन १ गतेदेखि ७ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो ।

प्रवक्ता प्रकाण्डका अनुसार फागुन १ गते जनयुद्ध दिवसको दिन खुलामञ्चमा महाधिवेशन उदघाटन गर्ने र बन्दसत्र थवाङमा हुनेछ ।
महाधिवेशनको तयारीमा जुटेको माओवादीले मंसिर महिनासम्म गाउँ, नगरको सम्मेलन र पुसमा जिल्लाको सम्मेलन सक्ने जनाएको छ ।

पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाण्डले अब जनसत्ता पुनर्गठनमा तिव्रता दिने पनि बताउनुभयो ।

सोम, भदौ २०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...