मालेमावादको अध्ययनको पद्धति र विकास

विषयप्रवेश :- 
“क्रान्तिकारी कालमा तीब्ररूपले परिस्थितिमा बदलिन्छ, यदि बदलिएको परिस्थिति अनुसार क्रान्तिकारीहरूको ज्ञान तीब्ररूपले बदलिएन भने उनिहरूले आफ्नो क्रान्तिलाई बिजयसम्म पु¥याउन सक्ने छैनन् ।” –माओत्सेतुङ
अध्ययन भनेको ज्ञान आर्जन गर्नु हो । अध्ययन ज्ञान प्राप्तीको साधन हो । वास्तवमा विगतका ज्ञानहरूलाई बुझ्ने र वर्तमानलाई विश्लेषण गरि ज्ञानको अद्यावधिक गर्नुलाई अध्ययन भनिन्छ । अतः मानिसले अध्ययनकै माध्यमबाट विगतलाई बुझ्दछ, वर्तमानलाई मूल्याङ्कन गर्दछ र भविष्यको निर्धारण गर्दछ । विगतका अनुभवहरू, अतितका अभिलेख वा संस्मरणबाट सिक्ने पद्धति हो, जुन अध्ययनबाट अनुसन्धान गरि व्यवस्थित रूपमा ज्ञान प्राप्त गरिन्छ, त्यसलाई बैज्ञानिक अध्ययन भनिन्छ ।
सही ज्ञान कहाँबाट प्राप्त हुन्छ ? वस्तुगत जगतबाट सही ज्ञान प्राप्त हुन्छ । सही ज्ञान प्राप्त गर्ने सन्दर्भमा माओ अगाडि भन्नुहुन्छ – “प्रायः पदार्थबाट चेतनामा लग्ने र फेरि पदार्थमा फर्काउने अर्थात् व्यवहारबाट ज्ञानमा लग्ने र फेरि व्यवहारमा फर्काउने बारम्बारका अनेकौँ क्रमपछि मात्र सही ज्ञान प्राप्त गर्न सकिन्छ । ज्ञान सम्बन्धी माक्र्सवादी सिद्धान्त, ज्ञानको द्वन्द्वात्मक भौतिकवादी सिद्धान्त यस्तो छ ।” (१) ज्ञानको मुख्य श्रोत प्रत्यक्ष अनुभव हो । हाम्रो वरिपरिको वातावरणमा यत्रतत्र छरिएका अनेक कुराहरू, विषयहरू, घटनहरू, परिघटनाहरू रहेका हुन्छन् र दैनिक जीवनमा समेत यस्ता कुराहरू देखिन्छन् । यसबाट ज्ञान प्राप्त हुन्छ । यस्तो ज्ञान इन्द्रियजन्य अनुभवबाट गरिन्छ । अध्ययन भनेको सामान्य ज्ञान प्राप्त गर्नु नभएर व्यवस्थित रूपको ज्ञान प्राप्ति हो । यसमा अलिकति पनि तलमाथि गर्न मिल्दैन । यस सम्बन्धमा माओत्सेतुङ्ग अगाडि भन्नुहुन्छ – “ज्ञान एउटा विज्ञानको विषय हो र यस सम्बन्धमा अलिकति पनि बेइमानी वा घमण्डहरू ग्राहय हुँदैन ।” (२)
एउटा कुरा के हो भने समाज विकासका क्रममा प्राप्त भएका अनुभव क्रियाकलाप, सैद्धान्तिक मूल्य मान्यता, प्रणालीहरू, तौरतरिकाहरूको अध्ययन सामाजिक अध्ययनमा गनिन्छन् भने प्रकृति र भौतिक नियमको अध्ययन विज्ञानमा हुने गर्दछ । अध्ययनले कार्य र कारण बीचको सम्बन्ध र यसबाट प्राप्त हुने परिणामको आँङ्कलन गर्दछ । अध्ययन प्रणालीमा वैज्ञानिक विधिको अध्ययनबाट विज्ञानसम्मत अध्ययन गरिन्छ । यसमा कार्यकरण सम्बन्ध र नियमहरू अनतरसंबन्ध र यसमा आउने परिणामका नियम आदिको वैज्ञानिक विधिबाट अध्ययन गरिन्छ भने दोस्रो तरिकामा कल्पना र विचारका आधारमा निरपेक्ष अध्ययन गरिन्छ । यस पद्धति, प्रमाण वस्तुगत यथार्थमा आधारित नभई कल्पना र विचारको श्रृङ्खलाको आधारमा निचोड निकाल्ने गरिन्छ । यो आदर्शवादी काल्पनिक अध्ययन पद्धति हो । यो आत्मगत चिन्तन भएकाले यसको सम्बन्ध वस्तुगत यथार्थसँग हुँदैन ।
वैज्ञानिक अध्ययनमा द्वन्द्वात्मक नियमलाई माक्र्सवादले अपनाएको छ भने अधिभूतवादी अध्ययनले अज्ञेयवादलाई मूल आधार बनाएको हुन्छ । आधुनिक अध्ययन पद्धतिमा वर्तमानमा वैज्ञानिक अध्ययन पद्धतिलाई मात्र आधारित र प्रमाणित अध्ययन पद्धतिको रूपमा मानिएको छ । राजनीतिक अध्ययनको परम्परा पद्धतिमा दार्शनिक अध्ययन विधि, ऐतिहासिक अध्ययन विधि, तुलनात्मक अध्ययनविधि, वैध अध्ययनविधि, संस्थागत अध्ययन विधि, प्रर्पवेक्षानात्मक अध्ययन विधि आदि रहेका छन् । माक्र्सवादी पद्धतिले द्वन्द्वात्मक भौतिकवादी पद्धति अपनाएको छ ।
अध्ययनका क्षेत्रमा विज्ञानसम्मत रहेको माक्र्सवादी पद्धतिले द्वन्द्वात्मक भौतिकवादी पद्धति अपनाउने भएकोले यस लेखमा आज माक्र्सवादले दोस्रो चरणमा लेनिनवादमा र तेस्रो र नयाँ चरणमा माओवादमा विकास गरि सकेको छ, आजको साम्राज्यवाद र सर्वहातवर्ग बीचको भीषण वर्गसंघर्षको युगमा माक्र्सवाद–लेनिनवाद–माओवादको अध्ययनको पद्धतिका बारेमा आफ्नो विचार राख्न प्रयत्न गरिएको छ ।

विषयवस्तु बारे :-
माक्र्सवाद–लेनिनवाद–माओवाद आज विश्व सर्वहारावर्गको पथप्रदर्शक सिद्धान्त हो । माक्र्सवाद–लेनिनवाद–माओवादलाई ग्रहण नगरिकन, यसलाई आत्मसक्तिकरण नगरिकन र जीवन व्यवहारमा प्रयोग नगरेसम्म कोही पनि सच्चा क्रान्तिकारी बन्न सक्तैन भन्ने कुरा आजको व्यवहारद्वारा पुष्टि भइसकेको छ ।
अतः आजका माक्र्सवादी क्रान्तिकारीहरूले र नेपालका माओवादी क्रान्तिकारीहरूले माक्र्सवाद–लेनिनवाद–माओवादको अध्ययन किन आवश्यक छ ? र यसको अध्ययन कसरी गर्ने ? भन्ने प्रश्नको महत्वपूर्ण विषय बन्न गएको छ ।
आज हामी माओवादी क्रान्तिकारीहरूका बीचमा माक्र्सवाद–लेनिनवाद–माओवादको गहन अध्ययन गर्ने, छलफल गर्ने प्रवृत्ति समाप्तै भएर गएको छ । अध्ययन गर्ने भन्ने कुरा आदर्शको साँघुरो घेराभित्र सिमित हुन पुगेको छ । यो ज्यादै गलत चिन्तन र प्रवृत्ति हो । अर्कोतिर हामीसँग सबै कुरा जानी सकेका छौं भन्ने अहंकार पनि छ ।
हाम्रो जस्तो अर्धसामन्ती र नवऔपनिवेशिक मुलुक जहाँ कि नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने काम नै बाँकी छ । वैज्ञानिक समाजवाद हुदै साम्यवादसम्म पुग्ने यात्रा त निकै नै टाढाको विषय हो । महान् नेपाली नयाँ जनवादी क्रान्तिको ऐतिहासिक कार्यभार पुरा गर्ने अठोट र प्रतिबद्धताका साथ अगाडि बढेका नेपाली सर्वहारावर्गका नेता, कार्यकताहरू विशेष गरि क्रान्तिकारी माओवादीका नेता, कार्यकर्ताहरूले त झनै माक्र्सवाद–लेनिनवाद–माओवादको विशेष प्रकारले अध्ययन गर्न र त्यसलाई जीवन व्यवहारमा उतार्न अति जरूरी छ । जीवन व्यवहारमा उतार्ने भनेको वर्गसंघर्षमा प्रतिबद्ध भएर सरिक हुने भनिएको हो ।
संसार बदल्ने उद्देश्य र लक्ष्यका साथ प्रतिबद्ध भएर लामबद्ध भएका क्रान्तिकारीहरूले आजको वर्तमान विश्वलाई बुझ्न र अध्ययन– विश्लेषण गर्न जरूरी छ । वर्तमान संसारको बारेमा वास्तविक धरातलमा उभिएर अध्ययन नगरिकन ठोस विश्लेषण गर्न असम्भव हुन्छ । अतः संसारको अध्ययन गर्र्ने, त्यसको ठोस विश्लेषण गर्न र त्यसलाई बदल्ने नियमहरूलाई बुझ्नका लागि वैज्ञानिक अध्ययन नै माक्र्सवाद हो ।

माक्र्सवाद
हामी कम्युनिष्टहरूले माक्र्सवादको अध्ययनको शुरूवात गर्नु भन्दा पहिले माक्र्सवाद भनेको के हो ? भन्ने कुरा बुझ्न र आवश्यक जानकारी लिन जरूरी हुन्छ । कार्ल माक्र्स (५ मे १८१८) र पे्रmडरिक एंगेल्स (२८ नोभेम्बर १८२०) द्वारा सन् १८४८ फेब्रुअरीमा कम्युनिष्ट घोषणा–पत्र मार्फत माक्र्सवादको प्रतिपादन हुन पुग्यो । सन् १८४३ मा पेरिसमा माकर्सको एङ्गेल्ससँग भेट भयो, जुन मित्रता उहाँको जीवन भर रहयो । दुईजना मिलेर संयुक्त रूपमा पूजीवादी विचार धाराको विरूद्ध संघर्ष गर्नुभयो । अन्तर्राष्ट्रिय सर्वहारा आन्दोलनलाई चलाउनको निमित्त थुप्रै महान ग्रन्थहरूको रचना पनि माक्र्स एङ्गेल्सले गर्नुभयो ।
माक्र्सवाद एक वैज्ञानिक सिद्धान्त हो । माक्र्सवाद सर्वहारा श्रमजीवी वर्गको मुक्तिको पथप्रदर्शक सिद्धान्त हो । माक्र्सवादको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । यस दर्शनको सिद्धान्त भौतिकवाद हो । यस दर्शनले पदार्थ, प्रकृति वा सामाजिक सत्तालाई पहिलो र विचार, चेतना वा सामाजिक चेतनालाई दोश्रो स्थानमा राख्दछ ।
माक्र्सवादी दर्शन सर्वहारावर्गको विश्वदृष्टिकोण हो । यसलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद भनिन्छ । यस दर्शनको जन्म दर्शनशास्त्रको इतिहासको लामो विकास प्रक्रियाका बीचबाट भएको हो । जुन परिस्थिति र परिवेशमा माक्र्सवादी दर्शन जन्मियो त्यसका आवश्यक पूर्वाधारहरूमा मुख्य गरि सामाजिक– आर्थिक पूर्वाधार, प्रकृति विज्ञानका पूर्वाधार र सैद्धान्तिक पूर्वाधार रहेका छन् । यी तीन पूर्वाधार हुन् ः जर्मन दर्शनशास्त्र, अंग्रेजी राजनीतिक अर्थशास्त्र र फ्रान्सेली समाजवाद माक्र्सवादका सैद्धान्तिक पूर्वाधार हुन् । यिनलाई लेनिनले “माक्र्सवादका तीन संघटक अंग” बताउनु भएको छ । तदनुसार दर्शनशास्त्र, राजनीतिक अर्धशास्त्र र वैज्ञानिक समाजवाद माक्र्सवादका तीन संघटक अङ्ग हुन् ।
माक्र्सवादका बारेमा लेनिन भन्नु हुन्छ – “माक्र्सवाद माक्र्सका विचार र उनको शिक्षाको व्यवस्थित श्रृङ्खला हो ।” यसका बारेमा स्टालिन भन्नु हुन्छ,– “माक्र्सवाद माक्र्सवादी– लेनिनवादी पार्टीको विश्वदृष्टिकोण हो ।” (३) दर्शन मानव चेतनाको उच्च रूप हो । मानव चेतना समय सापेक्ष हुन्छ, युग सापेक्ष हुन्छ ।” त्यसैले कार्ल माक्र्सले “हरेक साँचो दर्शन आफ्नो समयको बौद्धिक सार, संस्कृतिको जीवन्त आत्मा” (४) भन्नुभएको छ । माक्र्सको वर्ग संघर्षको सिद्धान्त इतिहासको आर्थिक व्यवस्थाको परिभाषा हो । इतिहासको आर्थिक व्यवस्थामा सामाजिक परिवर्तनका कुराहरू समावेश गरिएका छन् भने, वर्ग संघर्षको सिद्धान्तले ऐतिहासिक विकासको बाटोमा समाजको विकास गर्ने तरिका समावेश गरेका छन् ।
माक्र्सवादमा सर्वहारावर्गले संसारलाई ठीकसित बुझ्ने र त्यसलाई फेर्ने बौद्धिक अस्त्र भेटाएको छ । यस विषयमा लेनिले दर्शाउनु भएको छ,– “माक्र्सवादी दर्शन एउटा यस्तो परिपूर्ण दार्शनिक भौतिकवाद हो, जसले मानव जातिलाई र खासरूपले मजदुरवर्गलाई ज्ञानका शाक्तिशाली औजारहरू प्रदान गरेको
छ ।”(५) दर्शनको कति ठूलो महŒव हुन्छ भन्ने कुरालाई स्वयम् कार्ल माक्र्सले यसरी व्यवस्था गर्नु भएको छ– “जसरी दर्शनले सर्वहारा वर्गमा आफ्नो भौतिक हतियार भेटाउँछ, त्यसरी नै सर्वहारावर्गले दर्शनमा आफ्नो बौद्धिक हतियार भेटाउँछ ।”(६) माक्र्सवादको दार्शनिक पक्षको महŒवलाई माओत्सेतुङले यसरी दर्शाउनु भएको छ– “माक्र्सवाद ज्ञानका अनेक शाखाहरूबाट बनेको छ, माक्र्सवादी दर्शन, माक्र्सवादी अर्थशास्त्र र माक्र्सवादी समाजवाद अर्थात वर्ग संघर्षको सिद्धान्त तर जग चाँही माक्र्सवादी दर्शन हो । यदि त्यसलाई मनन गरिँदैन भने हाम्रो एउटा साझा भाषा वा कुनै साझा तरिका हुने छैन, हामी चीजहरूलाई स्पष्ट नपारिकन यताउताका कुरामा तर्क मात्र गरिरहेहका छौं । द्वन्द्वात्मक भौतिकवादलाई मनन गरिसकेपछि थुप्रै दुःख कष्टबाट जोगिने छौँ र धेरै गल्तीहरू हट्नेछन् ।” (७)

माक्र्सवादी दर्शन

कार्ल माक्र्स (१८१८ – १८८३) र फ्रेडरिक एंगेल्स (१८२० – १८९५) माक्र्सवादी दर्शनका संस्थापक हुनुहुन्छ । १९औं शताब्दीको पूर्वाद्र्धमा जब पुँजीवादी समाजमा पुँजीपति र सर्वहारावर्ग बीचमा वर्गसंघर्षको अवस्था, प्रकृति विज्ञानका नयाँ खोजहरू र जर्मनशास्त्रीय दर्शन, इङ्गल्यान्डको राजनीतिक अर्थशास्त्र र फ्रान्सको समाजवाद, माक्र्सवादको जन्मका भौतिक तथा सैद्धान्तिक आधार बन्न पुग्दछन् ।
खासमा पूँजीवादी दर्शनमा काण्टदेखि लिएर हेगेल एवं फायरबाखसम्म आउँदा दर्शनमा जुन समस्या पैदा भएका थिए, माक्र्स र एंगेल्सले तिनको समाधान वैज्ञानिक ढङ्गले गर्नुभयो । माक्र्सवादी दर्शनको नाम द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवाद हो । माक्र्सवाद सर्वहारावर्गको समग्र विचारधारा हो । दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवाद तीन तत्व मिलेर माक्र्सवाद बन्दछ । वर्गसंघर्ष, इतिहासमा बलप्रयोगको भूमिका, सर्वहारावर्गको अधिनायकत्व, साम्यवाद माक्र्सवादको इतिहास मीमांसाका मूल विषय हुन् ।
दर्शनशास्त्रको वैज्ञानिक अध्ययनका लागि मौलिक प्रश्नको समस्या सही ढङ्गले हल गर्न, द्वन्द्ववाद र भौतिकवादलाई एकै ठाउँमा मिलाई द्वन्द्वात्मक भौतिकवादी दर्शनको स्थापना गर्नु समाजवादको विचारधारालाई केन्द्रविन्दुमा राखी भौतिकवादको सिद्धान्त र द्वन्द्ववादको पद्धति अवलम्बन गरी नयाँ दार्शनिक प्रणालीको निर्माण गर्नु माक्र्सवादी दर्शनका मूलभूत विशेषता हुन् ।
माक्र्सवादी दर्शनका जन्मका आधारहरू
माक्र्सवादी दर्शन एक वैज्ञानिक दर्शन भएकाले हो । माक्र्सवादी दर्शन सर्वहारा वर्गको विश्वदृष्टिकोण हो । यसलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद भनिन्छ । यस दर्शनको जन्म दर्शनशास्त्रको इतिहासको लामो विकासप्रक्रियाका बीचबाट भएको हो । जुन परिस्थितिमा यो जन्मियो त्यसका आवश्यक पूर्वाधारहरू निम्न रहेका थिए ।
(१) सामाजिक–आर्थिक पूर्वाधार
युरोपका इङ्ल्यान्ड, फ्रान्स लगायतका देशहरूमा उसन्नाईसौँ शताब्दीको चौथो दसकमा आउँदै गर्दा सामन्तवादका विरूद्ध पुँजीवादी क्रान्ति सम्पन्न हुँदै जानु, उत्पादक शक्तिको तीव्र विकास हुँदै जानु, यसै प्रक्रिया अन्तर्गत औद्योगिक क्रान्ति हुनु, समाजमा पुँजीपति र सर्वहारावर्गका बीचमा वर्गसंघर्ष चर्कंदै जान थाल्नु, पूँजीपति वर्गका विरूद्धमा संघर्षमा सर्वहारावर्ग लाई इतिहासको सबैभन्दा प्रगतिशील वर्गको रूपमा विकसित हुँदै जानु, मजदुर वर्गले आफ्नो हक र हितका लागि आन्दोलनको प्रक्रिया अगाडि बढ्दै लैजानु, इङ्ग्ल्यान्डका लुलाइड (मेसिन तोड) र चार्टिस्ट आन्दोलन (१८३८ – १८४२) चर्केर जान्छ । ठीक यो थप परिस्थितिमा मजदुरवर्गको मुक्ति, उद्देश्य र आन्दोलनका लागि सुसङ्गत क्रान्तिकारी विचारधाराको निर्माण एक ऐतिहासिक आवश्यकता बन्न गयो । त्यसको परिपूर्तिको लागि माक्र्स–एंजील्सलेले माक्र्सवादको प्रादुर्भाव गर्नुभयो ।
(२) प्रकृति विज्ञानका पूर्वाधार
दासयुग युगीन समाजको पतनको सँगै विशेषतः युरोपको पुनर्जागरण कालयता प्रकृति विज्ञानका क्षेत्रमा प्रशस्त विकास हुँदै आयो । ज्योतिषशास्त्र, गणित, भौतिक विज्ञान, यन्त्रशास्त्र, रसायनशास्त्र, जीवन विज्ञान लगायत प्रकृति विज्ञानका विविध क्षेत्रमा नयाँ खोज हुँदै गइरहेका छन् ।
यी सबै नयाँ खोजको परिणाम प्रकृति विज्ञानमा विद्यमान यान्त्रिक तथा अधिभूतवादी चिन्तनका विरूद्ध द्वन्द्ववादको स्थापना, प्रकृति तथा प्रकृति विज्ञान द्वन्द्ववादी रहेको पुष्टि । यो स्थितिमा तथाकथिक प्रकृति दर्शनको अन्त्य भई प्रकृति विज्ञानका विविध शाखाहरूलाई स्वतन्त्र विज्ञान बन्नका लागि राम्रो आधार तयार भयो । विशेषतः ऊर्जा संरक्षण र रूपान्तरणको सिद्धान्त, जीवकोषको खोजी र डार्विनको विकासवादी सिद्धान्त आदिले माक्र्सवादको जन्मका आधार तयार बन्न पुग्यो ।
(३) सैद्धान्तिक पूर्वाधार
जर्मन दर्शनशास्त्र, अङ्ग्रेजी राजनीतिक अर्थशास्त्र र फ्रान्सेली समाजवाद माक्र्सवादका पूर्वाधारका तीन आवश्यक तत्व बन्न पुगेका छन् ।
दार्शनिक फाँटमा क्रान्ति
माक्र्स–एंगेल्सद्वारा माक्र्सवादी दर्शनको प्रतिपादनले दार्शनिक फाँटमा ठूलो क्रान्ति ल्यायो । माक्र्सवादी दर्शन एक वैज्ञानिक दर्शन भएकाले त्यो भन्दा पूर्वका सबै विचार र दर्शनहरू स्वतः पछाडि पर्न गए ।
द्वन्द्वात्मक भौतिकवाद तथा ऐतिहासिक भौतिकवद
द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद सर्वहारावर्गको चिन्तन तथा विश्वदृष्टिकोण हो । यो दर्शन फायरबाख र हेगेलसहित विगतका सबै दर्शनभन्दा गुणात्मक रूपमा भिन्न छ ।
द्वन्द्वात्मक भौतिकवादको सिद्धान्त, द्वन्द्वात्मक भौतिकवादको पद्धति, द्वन्द्वात्मक भौतिकवादको ज्ञान सिद्धान्त र ऐतिहासिक भौतिकवादको सिद्धान्तलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका मूल विषय मानिन्छ ।

मालेमावादको विकास
माक्र्सवाद – लेनिनवाद – माओवाद
माक्र्सवादको माक्र्सवाद – लेनिनवाद – माओवादीमा जुन विकास भयो त्यसका तीन गुणात्मक चरण छन् । ती हुन् :–
(क) माक्र्सवादको चरण : माक्र्सवाद एक वैज्ञानिक सिद्धान्त हो र माक्र्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । माक्र्सवाद सर्वहारावर्गको मुक्तिको सिद्धान्त र विश्वदृष्टिकोण हो । माक्र्सवाद पुँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्गसंघर्ष तथा इतिहासिमा बलप्रयोगको भूमिका र वैज्ञानिक समाजवाद तथा साम्यवाद माक्र्सवादका आधारभूत मान्यता हुन् । माक्र्सवादी दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । माक्र्सवादी दर्शनको सिद्धान्त भौतिकवाद हो । यसले पदार्थ, प्रकृति वा सामाजक सत्तालाई पहिलो र चेतना, विचार वा सामाजिक चेतनालाई दोस्रो स्थानमा राख्दछ । माक्र्सवादी दर्शनले चेतनालाई वस्तुगत जगतको आत्मिक प्रतिबिम्बन मान्दछ र विश्वलाई बोधगम्य बताउँदछ । माक्र्सवादी दर्शनको पद्धति द्वन्द्ववाद हो ।
द्वन्द्ववादको निश्चित नियमहरू छन्, जस्ता कि
(१) आधारभूत नियम : विपरीतहरुको एकता,
(२) मात्राको गुणमा रुपान्तरण
(३) निषेधको निषेध अर्थात सकार र नकार रहेका छन् ।
यस अतिरिक्त द्वन्द्ववादका प्रवर्गहरुको अध्ययन र द्वन्द्ववाद भौतिकवादको ज्ञान–सिद्धान्तको समग्र अध्ययनले हाम्रो वैज्ञानिक अध्ययनको क्षेत्रलाई समृद्ध तुल्याउँदछ । ज्ञान–सिद्धान्तको चर्चा गरिरहँदा कमरेड माओत्सेतुङारा लिखित ज्ञान–सिद्धान्त सम्बन्धी अति गहन लेख “व्यवहारबारे” को विशेष रुपलपे अध्ययन गरियो भने हाम्रो वैज्ञानिक ज्ञानको भण्डार पूर्णतातिर अगाडि बढ्दछ ।
माक्र्स भन्छन् ः मैले हिगलको दर्सनको टाउको तल खुट्टा माथि पारेर उभिएको पाएँ जसलाई मैले पुनः खुट्टाको भरमानै उभिने पािरदिए । उनी भन्छन् मेरो द्वन्द्वात्मक स्तालिनीय प्रणाली हिगलको प्रणाली देखि भिन्न मात्र होइन बरू ठीक बिपरित छ । आदर्श मानवको रूप मनमा वास्तविक भौतिक जगतको प्रतिबिम्ब देखि अलग चीज, कुनै छैन जुन विचारको रूपमा परिवर्तित हुन जान्छ । माक्र्सको सिद्धान्त बुझ्नु भन्दा अगाडि हिगलको सिद्धान्त बुझ्नु आवश्यक छ ।

(ख) लेनिवादको चरण : माक्र्सवादको गुणात्मक विकासको दोस्रो चरण लेनिनवाद हो । पुँजीवादले साम्राज्यवादमा प्रवेश गर्नु, उत्पादक शक्ति र सर्वहारा आन्दोलन तथा ज्ञानविज्ञानका विविध क्षेत्रमा थप प्रगति हुँदै जानु र यस प्रकारको नयाँ परिस्थिति अनुरूप माक्र्सवादलाई नयाँ उचाइमा विकसित गर्नुपर्ने ऐतिहासिक आवश्यकताका बीचबाट लेनिवाद जन्मिएको हो । लेनिन (१९७० – १९२४) लेनिवादका प्रतिपादक हुनुहुन्छ ।

(ग) माओवादको चरण :
माक्र्सवाद–लेनिनवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरण माओवाद हो । सामन्ती–साम्राज्यवादी शोषणको दोहोरो उत्पीडनबाट आक्रान्त अविकसित देशहरूका क्रान्तिका समस्याहरूको समाधान गर्नुपर्ने, सन् १९५३ मा स्तालिनको मृत्युपश्चात् रूस एवम् पूर्वी युरोपका कैयौँ देशहरूमा पुँजीवादको पुनःस्थापनाका कारणहरूको खोज गरी त्यसबाट शिक्षा लिनुपर्ने तथा त्यसबाट उत्पन्न समाजवादी समाजका अन्तर्विरोधहरूको समाधान गर्नुपर्ने र आधुनिक संशोधनवादका विरूद्धको लडाईं लड्नुपर्ने ऐतिहासिक आवश्यकताको पृष्ठभूमिमा माओद्वारा माक्र्सवाद–लेनिनवादको थप परिमार्जन तथा विकास गरी त्यसलाई माक्र्सवाद–लेनिनवाद–माओवादको तेस्रो, नयाँ र गुणात्मक उचाइमा पु¥याउने काम भएको हो । माओवादको सार भनेको सर्वहारा साँस्कृतिक क्रान्ति र निरन्तर क्रान्तिको सिद्धान्त हो ।
यसरी आज अन्तर्राष्ट्रिय सर्वहारावर्गको हातमा एउटा सार्वभौम सिद्धान्तको सिङ्गो अभेद्य इकाइको रूपमा माक्र्सवाद–लेनिनवाद–माओवाद रहेको छ । माओवादलाई आजको विश्वको माक्र्सवाद–लेनिवादका रूपमा ग्रहण नगरीकन कोही पनि सच्चा कम्युनिष्ट बन्न सक्दैनन् ।
माक्र्सवादको ज्ञानभण्डार विशाल छ । मालेमावादको सामान्य जानकारी पछि क्रान्तिकारी माओवादीका नेता कार्यकर्ताहरूका लागि यसको अध्ययन किन आवश्यक छ ? र यसको अध्ययन कसरी गर्ने भन्ने प्रश्न हाम्रा सामू खडा भएको छ । पहिलो नम्बरमा हामी नेपाली कम्युनिष्टहरूको सैद्धान्तिक स्तर कमजोर छ । हाम्रो सैद्धान्तिक धरातल र स्तर कमजोर भएकै कारण पार्टी नेतृत्वको माथिल्लो स्तरमा रहेका नेताहरूमा नै अवसरवाद तथा विचलन पैदा हुने र दक्षिणपन्थि संशोधनवादी लाइन पक्रन पुग्ने भएकाले नै नेपाली कम्युनिष्ट आन्दोलन विभाजित हुन पुगेको छ र यसै कारणले यो आफ्नो लक्ष्यमा पुग्न नसकेका कारण जनता कम्युनिष्टहरू प्रति आकर्षित हुँदा हुँदै पनि प्रतिक्रियावादीहरूले शासन गर्ने मौका पाइरहेका छन् । तसर्थ नेता कार्यकर्ताहरूको सैद्धान्तिक–वैचारिक स्तर माथि उकास्नका निम्ति मालेमावादको गहन अध्ययन आवश्यक छ । मालेमावादको गहन अध्ययन नगरिकन कोही पनि क्रान्तिकारी कम्युनिष्ट बन्न सक्तैन । अध्ययन मात्रै सबै थोक होइन, अध्ययनसँगै माक्र्सवादलाई आत्मसाथ गर्नु, आफ्नो जीवन व्यवहारमा लागु गर्नु नै यसको मुख्य लक्ष्य हो । मालेमावादलाई व्यवहारिक रूपमा जीवन व्यवहारमा उतार्नु नै यसको अध्ययनको सार्थकता रहेको छ । किनकि व्यवहार नै सत्यको कसौटी हो र यो नै माक्र्सवादी ज्ञानसिद्धान्तको प्रमुख आधार हो ।
मालेमावादको अध्ययनले कम्युनिष्ट क्रान्तिकारीहरूले आत्मसात गर्नै पर्ने विश्वदृष्टिकोणप्रति स्पष्ट हुनै सैद्धान्तिक, आधारहरूमा निर्माण गरि दिन्छ । र यसले नेता कार्यकर्ताहरूलाई सर्वहाराकरण हुन मद्दत गर्दछ । साथै मालेमावादको गहन अध्ययनले संसारलाई चिन्ने र त्यसलाई बदल्ने सैद्धान्तिक हतियार प्रदान गर्दछ । माक्र्सवादले विश्वदृष्टिकोण दिन्छ । दृष्टिकोण नभएको मान्छे जरा नभएको रुख जस्तै हो । त्यसैले मान्छेलाई दृष्टिकोण आवश्यक पर्छ ।
मालेमावादको अध्ययनको पद्धति ः
माक्र्सवाद के हो ? यसको जन्म र विकास कसरी भयो ? लेनिनवाद के हो ? माओवाद के हो ? मालेमाओवादको किन आवश्यकता छ ? आदि विषयमा माथि उल्लेख गरिएको छ । यहाँ माक्र्सवाद–लेनिनवाद–माओवादको अध्ययनको पद्धति के हो ? हामीले मालेमावादको अध्ययन कसरी गर्ने भन्ने बारेमा छलफल गर्ने प्रयत्न गरिएको छ ।
अध्ययन गर्ने दुइवटा पद्धति छन् जो निम्न प्रकार छन् :
१) आदर्शवादी (काल्पनिक) अध्ययन पद्धति
२) वैज्ञानिक (द्वन्द्वात्मक) अध्ययन पद्धति

१) आदर्शवादी (काल्पनिक) अध्ययन पद्धति :
अध्ययन भनेको ज्ञानप्राप्तिको साधन हो । कुनैपनि वस्तुको अध्ययन विना त्यसबाट ज्ञान प्राप्त गर्न सकिदैन । मानिसले अध्ययनकै माध्यमबाट विगतलाई बुझ्दछ, वर्तमानलाई मूल्याङ्कन गर्दछ र भविष्यको निर्धारण गर्दछ । विगतका ज्ञानहरूलाई बुझ्ने र वर्तमानलाई विश्लेषण गरि ज्ञानको अद्यावधिक गर्नुलाई अध्ययन भनिन्छ ।
कल्पना र विचारका आधारमा निरपेक्ष अध्ययन गरिन्छ, जसबाट प्रमाण र वस्तुगत यथार्थमा आधारित नभई कल्पना र विचारको श्रृङ्खलाको आधारमा निचोड निकालिने गरिन्छ यस पद्धतिलाई आदर्शवादी (काल्पनिक) पद्धति भनिन्छ । यो पद्धति आत्मपरक चिन्तन हो । यसको सम्बन्ध वस्तुगत यथार्थसँग हुदैन, कोरा काल्पनिक ईश्वरीय चिन्तन प्रणालीसीत सम्बन्धित हुन्छ । यो जे गर्दछन् सबै ईश्वरले गर्दछन् भन्ने चिन्तनशील सम्बन्धित हुन्छ । आदर्शवादी (काल्पनीक) अद्वैतवादीलाई मूल आधार बनाएको छ ।

२) वैज्ञानिक (द्वन्द्वात्मक) अध्ययन पद्धति
वैज्ञानिक अध्ययन पद्धतिमा द्वन्द्वात्मकको नियमलाई माक्र्सवादले अपनाएको छ । वैज्ञानिक अनुसन्धान पद्धति नै वैज्ञानिक (द्वन्द्वात्मक) अध्ययन पद्धतिको मूल आधार हो । वैज्ञानिक अनुसन्धान पद्धतिको विकास चाल्र्स डार्विनबाट भएको हो । यो प्रायोगिक अनुसन्धान पद्धति हो । प्रमाणका आधारमा गरिने व्यवस्थित अनुसन्धान वैज्ञानिक अनुसन्धान हो । यो विज्ञानमा मात्र नभएर समाजशास्त्र, राजनीतिक शास्त्र, अर्थशास्त्र, अनुसन्धान लगायत सम्पूर्ण विषयमा प्रयोग गरिने विधिको रूपमा रहेको छ । प्रायः सबै वैज्ञानिक अनुसन्धान विषय छनौट, समस्याको चिनारी, समस्याको पुनरावलोकन, परिकल्पना निर्माण, अनुसन्धानको ढाँचा निर्माण, तथ्याङ्क सङ्कलन र विवेचना सामान्यीकरणहरूद्वारा गरिन्छ । माक्र्सवाद एक वैज्ञानिक सिद्धान्त हो । अध्ययनका क्षेत्रमा माक्र्सवादी पद्धति अर्थात द्वन्द्वात्मक भौतिकवादी पद्धति नै वैज्ञानिक अध्ययन पद्धति हो ।
माक्र्सवादले द्वन्द्वात्मक अध्ययन पद्धतिलाई अपनाएको छ । यो नै वैज्ञानिक अध्ययन पद्धति हो । माक्र्सवादी दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । यो दर्शनको सिद्धान्त भौतिकवाद हो । यो दर्शनले पदार्थ, प्रकृति वा सामाजिक सत्तालाई पहिलो र चेतना, विचार वा सामाजिक चेतनालाई दोस्रो स्थानमा राख्दछ । अर्थात् यस दर्शनले चेतनालाई वस्तुगत जगतको आत्मिक प्रतिबिम्बन मान्दछ र विश्वलाई बोधगम्य बताउँछ । यो दर्शनको पद्धति द्वन्द्ववाद हो ।
द्वन्द्ववाद भनेको विश्व ब्रम्हाण्डमका सारा चीजहरू दुई परस्पर विरोधी तत्व वा कुरा मिलेर बनेका हुन्छन् । तातो र चिसो, हलुङ्गो र गह्रुङ्गो, उल्टो र सुल्टो, झुटो र साँचो, तान्नु र घचेट्नु, धन र ऋण, धनी र गरिब जस्ता उल्टा–उल्टा स्वभाव भएका कुरालाई परस्पर विरोधी कुरा भनिन्छ । तातो नभई चिसो र ऋण नभई धन हुन सक्दैन । त्यसैले संसारमा जहाँ पनि विरोधी कुराहरू सँगसँगै गाँसिएका हुन्छन् । यस रूपमा विश्व स्वसञ्चालित छ भनी सावित गर्ने वैज्ञानिक सिद्धान्तलाई द्वन्द्वबाट भनिन्छ । संसारका सबै कुराभित्र आपसी द्वन्द्व (संघर्ष वा टक्कर) चलिरहेको हुन्छ । यस्तो द्वन्द्वले नै हरेक कुराको जीवन (अस्तित्व) बनेको र हरेक कुरा गतिशिल, विकासशील र परिवर्तनशील छन् । स्थिर वा सधैं एकनास रहने कुरा संसारमा केही छैन । सारा संसारको स्वभाव (प्रकृति) नै द्वन्द्वात्मक छ । संसारको सृष्टि स्थिति तय गर्ने शक्ति ईश्वर नभएर वस्तुभित्रकै स्वभाव हुनाले संसार स्वचालित छ । अतः संसार (विश्व ब्रम्हाण्ड) द्वन्द्वात्मक छ । यही द्वन्द्वात्मकताको सिद्धान्तलाई द्वन्द्ववाद भनिन्छ ।
माक्र्सवाद के हो ? लेनिनवाद के हो ? माओवाद के हो ? भन्ने बारेमा माथि नै सप्रमाण पुष्टि गर्ने प्रयत्न गरिएको छ । साथै अध्ययनका क्षेत्रमा आदर्शवादी (काल्पनिक) अध्ययन पद्धति र वैज्ञानिक (द्वन्द्वात्मक) पद्धतिका बारेमा पनि माथि सक्दो चर्चा गरिएको छ । द्वन्द्वात्मक के हो ? द्वन्द्वात्मक के हो ? आदिबारे पनि माथि नै उल्लेख गरिएको छ ।
यहाँ उल्लेख गर्न खोजिएको के हो भने हामी माक्र्सवादी–लेनिनवादी– माओवादी क्रान्तिकारी कम्युनिष्टहरूको अध्ययनको वैज्ञानिक (द्वन्द्वात्मक) पद्धित भएकाले हामीले यही वैज्ञानिक (द्वन्द्वात्मक) पद्धति र विधि तथा तरिकाहरू अपनाउनु पर्ने हुन्छ, यो भन्दा बाहिरबाट अध्ययन गर्ने पद्धति अपनायौं भनेृ त्यो पद्धति मनोगतवादी अर्थात अधिभूतवादी पद्धति हुन जान्छ । यस विषयमा हामी होसियार हुन आवश्यक छ भन्ने नै हो ।
दर्शन भनेको अर्थात् माक्र्सवादी दर्शन भनेको संसारलाई जस्ताको तस्तै गरेर बुझ्ने, त्यसको अध्ययन वैज्ञानिक पद्धतिका आधारमा गर्ने र त्यसलाई बदल्ने रहेको छ । त्यसो भएर संसारलाई बुझ्ने र बदल्ने बारेमा कार्लमाक्र्स अगाडि भन्नु हुन्छ ः “संसारको व्याख्या त सबैले गरेका छन्, गाठी कुरो त त्यसलाई बदल्नु पो हो त ।” –
विश्वसर्वहारावर्गका महान नेता तथा गुरूहरू कार्ल माक्र्स, फेडरिक एंजील्स, भी.आर्क. लेनि जे.स्थालिट माओत्सेतुङ्ग आदिले संसारलाई बुझ्ने, र त्यसलाई बदल्नका नम्ति त्यसको अध्ययनको लागि वैज्ञानिक (द्वन्द्वात्मक) पद्धति अपनाउनु भयो र आफ्नो जमानामा त्यसलाई व्यवहारमै लागु गर्नका निम्ति सयौं माक्र्सवादी रचनाहरू सिर्जना लेख्नु भयो । जस्तो माक्र्स एंजील्सले कम्युनिष्ट घोषणापत्र (१८४८) लेख्नु भयो । माक्र्स स्वयम्ले, जर्मन विचार धारा (१८४५), फायरवाख : भौतिकवादी तथा आदर्शवादी दृष्टिकोणको विरोध (१८४५–४६, दर्शन), दर्शनको दरिद्रता (१८४७, दर्शन), ज्यालादारी श्रम र पूँजी (१८४७, अर्थशास्त्र), कम्युनिष्ट घोषणापत्र (१८४८, समाजवाद), पूँजीपतिवर्ग र प्रतिक्रान्ति (१८४८, समाजवाद), फ्रान्समा वर्गसंघर्ष (१८५०, समाजवाद), लुई बोनापार्टको अठारौं बु्रमेर (१८५१, समाजवाद), राजनीतिक अर्थशास्त्रको आलोचनामा योगदान (१८५१, अर्थशास्त्र), मजदूरी, मूल्य र नाफा (१८६५, अर्थशास्त्र), पूँजी भाग–१, २ र ३ (१८६७, अर्थशास्त्र)., फ्रान्समा गृहयुद्ध (१८७१, समाजवाद)., गोथा कार्यक्रमको आलोचना (१८७५, समाजवाद) फेडरिक एङ्गेल्स– प्राकृतिक द्वन्द्ववादको भूमिका (१८७५–७६, दर्शन), समाजवाद ः काल्पनिक या वैज्ञानिक (१८८०, समाजवाद), लुडबिग फायरवाख र शास्त्रीय जर्मन दर्शनको अन्त्य (१८७६, दर्शन), बाँदरदेखि मान्छेसम्मको विकासमा श्रमको भूमिका (१८७६, दर्शन), ड्यूहरिङ मत खण्डन (खण्ड १, २ र ३) (१८७६–७८÷दर्शन), कम्युनिष्ट लिगको इतिहासबारे (१८८५, समाजवाद), परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति (१८८८, अर्थशास्त्र), इतिहासमा बल प्रयोगको भूमिका (१८९४, समाजवाद) भि.आई.लेनिन– के गर्ने ? (१९०१–०२, समाजवाद), एक पाइला अघि दुई पाइला पछि (१९०४, समाजवाद), भौतिकवाद र अनुभवविरूद्ध आलोचना (१९०८, दर्शन), माक्र्सवाद र संशोधनवाद (१९०८, समाजवाद), दार्शनिक नोटबुक (१९१४–१६, दर्शन), साम्राज्यवाद ः पूँजीवादको चरम अवस्था (१९१६, अर्थशास्त्र), युद्ध र क्रान्ति (१९१७, समाजवाद), राज्य र क्रान्ति (१९१७, समाजवाद), माक्र्सवाद र विद्रोह (१९१७, समाजवाद), अप्रिल थेसिस (१९१७, समाजवाद), सर्वहारा अधिनायकत्वको युगमा अर्थनीति र राजनीति (१९१९, अर्थशास्त्र), वामपन्थी साम्यवाद ः एक बालरोग (१९२०, समाजवाद)
स्तालिन– माक्र्सवाद र जातीय सवाल (१९१६, समाजवाद), सर्वहारा समाजवाद, लेनिनवादका आधारहरू, माक्र्सवाद र राष्ट्रिय प्रश्न, द्वन्द्वात्मक भौतिकवाद, माओत्सेतुङ– चिनियाँ समाजमा वर्गविश्लेषण (१९२६, अर्थशास्त्र), चीनमा लालराजनीतिक सत्ता किन कायम हुनसक्छ (१९२८, समाजवाद), चिङकाङ पहाडमा संघर्ष (१९२८, समाजवाद), व्यवहारबारे (१९३७, दर्शन), अन्तर्विरोधबारे (१९३७, दर्शन), दीर्घकालीन युद्धबारे (१९३८, समाजवाद), युद्ध र रणनीतिका समस्याहरू (१९३८, समाजवाद), नौलो जनवादबारे (१९४०, समाजवाद), हाम्रो अध्ययनलाई सुधारौँ (१९४१, समाजवाद), पार्टीको कार्यशैली सुधार गर (१९४२, समाजवाद), जनताको जनवादी अधिनायकत्वबारे (१९४५, समाजवाद), दश प्रमुख सम्बन्धबारे (१९५६, समाजवाद), जनताबीचका अन्तर्विरोधहरूको सही सञ्चालनबारे (१९५७, दर्शन), आधारभूत कार्यनीतिहरू र छापामार युद्धबारे, सही विचार कहाँबाट आउँछ, (१९६३, दर्शन), दुई लाइन संघर्षका दश ठूला संघर्षहरू (१९७१), द्वन्द्वात्मक भौतिकवादबारे (दर्शन) माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन, माओत्सेतुङ्ग लगायत विश्व सर्वहारावर्गका महान नेता तथा गुरूहरूले माथि उल्लेखित माक्र्सवादी रचनाहरू लेखेर विश्वसर्वहारा वर्गको हातमा सुम्पिनु भयो । हामीसीत अहिले प्राप्त छन् । तर महान रचनाहरूको हामीले वैज्ञानिक (द्वन्द्वात्मक) पद्धतिका आधारमा अध्ययन ग¥यो भने मात्र सही ढङ्गले बुझ्न र ग्रहण गर्न सक्छौं र जीवन व्यवहारमा लागू गर्न सक्ने छौँ ।

मालेवादका अध्ययनका अन्य तरिकाहरू
मालेमावादको अध्ययन गर्ने दुइवटा तरिकाहरू छन् जस्तै :-
(१) स्वअध्ययनको तरिका (२) पार्टी स्कूलिङ्गको तरिका

(१) स्वअध्ययनको तरिकाः– यो नै मालेमावाद लगायत सबै चीजको अध्ययन गर्ने पहिलो माध्यम हो । जो बढि जिज्ञाषु छ, जसले बढि भन्दा बढि नयाँ नयाँ चीजको खोजी गर्ने, त्यसबारेमा गहिरो गरि अध्ययन गरेर नयाँ नयाँ निष्कर्ष कोसिस गर्दछ, त्यसमा स्वअध्ययनले ठूलो मद्दत गर्दछ । यस भौतिक जगतमा विगतदेखि अहिलेसम्म जो ठूलाठूला वैज्ञानिक, अन्वेषक र अनुसन्धानकर्ताहरूले नयाँ नयाँ चीजको पत्ता लगाएका छन् आविष्कार गरेका छन्, उनीहरूले पहिलो नम्बरमा स्वअध्ययनलाई जोड दिएको पाइन्छ । यसका लागि भित्री तथा बाह््य वातावरण निर्माण गर्ने पाटो त अलग हुन सक्छ ।
ठूला ठूला दार्शनिक तथा विद्वानहरूले नयाँ नयाँ सिद्धान्तको खोजी र प्रतिपादन गर्ने कार्यमा पनि स्वअध्ययनलाई बढि जोड दिएको पाइन्छ । वैज्ञानिक साम्यवादका प्रवर्तक कार्ल माक्र्स र पे्रmडरिक एंगेल्सले पनि माक्र्सवादको प्रवर्तन गर्ने महान कार्यमा स्वअध्ययनलाई नै बढि जोड दिएको हामी पाउदछौं । लेनिन, स्टालिन, माओ लगायत विश्व सर्वहारावर्गका महान नेताहरूले पनि आफ्नो माक्र्सवाद सम्बन्धी ज्ञानभण्डारलाई फराकिलो पार्न पहिलो सर्तमा स्वअध्ययनलाई बढि महŒव दिएको हामी पाउदछौं ।
अतः जो बढि जिज्ञाषु छ उनले नै स्वअध्ययनको माध्यमबाट आफ्नो ज्ञानभण्डारलाई समृद्धशाली बनाउन समर्थ हुन्छ ।
(२) पार्टी स्कूलिङ्गको तरिका :
माक्र्सवाद–लेनिनवाद–माओवादको अध्ययन गर्ने दोश्रो तरिका वा माध्यम भनेको पार्टी स्कुलिङ्गको तरिका हो । यो तरिका बढि प्रयोगात्मक, अन्तक्रियात्मक र व्यवहारिक खालको पनि हुन्छ । विगतदेखि नै विश्वभरका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरूले पार्टी स्कुलिङ्ग विभाग वा अन्य कुनै निकाय खडा गरेर त्यसकै माध्यमबाट अध्ययनको निश्चित पाठयक्रमको निर्धारण, खास गरि दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद सम्बन्धि विषयहरू समावेश गरेर, निश्चित प्रशिक्षार्थी संख्याको निर्धारण, निश्चित स्तर र निश्चित समयको निर्धारण गरेर माक्र्सवाद अर्थात मालेमावादको अध्ययन, अध्यापन गराउदै आएको पाइन्छ । लेनिन, माओ र विश्वका अन्य कम्युनिष्ट पार्टीका नेताहरूले आ–आफ्नो पार्टी भित्र स्कूलिङ्ग विभाग खडा गरेर माक्र्सवाद लगायत आवश्यक पर्ने विविध विषयहरूमा आफ्ना नेता कार्यकर्ताहरूलाई अध्ययन र स्कूलिङ्ग गरेका थिए । चीनको कम्युनिष्ट पार्टीले अहिले पनि व्यवस्थित रूपमा स्कूलिङ्ग सञ्चालन गरिरहेको छ ।

मालेमावादको रक्षाको प्रश्न
मालेमावादको अध्ययन गर्ने नाममा विभिन्न रूपरंग धारण गरेका तमाम प्रकारका अवसरवादी, विसर्जनवादी तथा संशोधनवादीहरूले मालेमावादको अपव्याख्या गर्ने, मालेमावादको अन्तर्वस्तुको तोडमोड गर्दै आएका छन् । यस विषयमा सच्चा मालेमावादी क्रान्तिकारीहरूले सावधानी अपनाउन जसरी हुन्छ ।
माक्र्सवादको सिर्जनात्मक प्रयोगका नाममा तमामखाले अवसरवादी तथा विसर्जनवादीहरूले मालेमावादको अपव्याख्या गर्ने मालेमावादको अन्तरवस्तुहरूको तोडमोड गर्ने कार्य गर्दै आएका छन् । नेपालमा पनि मदन भण्डारीले माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्ने भन्दै नयाँ जनवादमा “बहुलवाद” घुसाएर नयाँ जनवादी क्रान्तिको कार्यक्रमको ठाउँमा पूँजीवादी संसदवादी “जनताको बहुदलीय जनवाद” पारित गराएका थिए । त्यस्तै मालेमावादको अध्ययन गर्ने नाममा डा. बाबुराम भट्टराईले “आजको माक्र्सवाद र साम्राज्यवाद” भन्दै समग्र मालेमावादका अन्तर्वस्तुहरूको तोडमोड गर्दै आफैँ मालेमावादबाट विसर्जित हुन पुगेका छन् ।
माक्र्सवादको अध्ययनका नाममा मालेमावादलाई नै तोडमरोड गर्ने अवसर बदीतथ सारा संशोधनवादीहरूबाट मालेमावादको रक्षा गर्न जरूरी हुन्छ । मालेमावादको रक्षा, विकास र प्रयोग त दुइलाइन संघर्ष र भीषण वर्ग संघर्षको माध्यमबाट मात्र गर्न सकिन्छ ।
सिद्धान्तको वास्तविक विकास त्यसको सिजनशील प्रयोगमा आधारित हुने कुरालाई भुल्नु हुदैन । सिद्धान्तको प्रयोग यान्त्रिक रूपमा होइन, हरेक देशको ठोस परिस्थिति, विशिष्टता र मौलिकतामा आधारित हुनु पर्दछ । अतः कुनै पनि मुलुकमा सिद्धान्तको प्रयोग गर्दा यान्त्रिकता र अध्यानुकरण नभई सिर्जनशीलता र सम्बन्धित देशको विशिष्टतामाथि ध्यान दिनु पर्ने हुन्छ । विदेशी प्रतिनिधिहरुसित कुराकानी गर्ने सिलसिलामा चिनी क्रान्तिका अनुभवहरुमाथि ध्यान दिँदै माओत्सेतुङले अगाडि भन्नु हुन्छ– “चिनी क्रान्तिको अनुभव अर्थात् ग्रामीण आधार इलाकाहरुको निर्माण गाउँबाट सहरलाई घेर्ने र पूर्ण रुपमा शसहरुमाथि कब्जा गर्ने काम तपाईंहरुमध्ये धेरैजसो मुलुकहरुमा लागु नहुन सक्छ । यद्यपि यसले तपाईंहरुलाई सन्दर्भका रुपमा काम दिन सक्छ । म तपाईंहरुलाई चिनिया क्रान्तिका अनुभवहरुलाई यान्त्रिक रुपमा नक्कल नगर्न सल्लाह दिन चाहन्छु । कुनै विदेशी मुलुकको अनुभवको केवल सन्दर्भको रुपमा काम दिन सक्छ र त्यसलाई जडसूत्रका रुपमा ग्रहण गर्नु हुँदैन । माक्र्सवाद–लेखिनवादको सर्वाभौम सत्य र तपाईंहरुका आप्mनै देशहरुका ठोस परिस्थितिका बीचमा एकरुपमा कायम हुनुपर्दछ ।” (८) हाम्रो देशको लागि माओको यी भनाइहरु बढी मननयोग्य छन् । माक्र्सवादको सिर्जनात्मक प्रयोग र सैद्धान्तिक विकासका लागि द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई दृढतापूर्वक अवलम्बन गर्नु पर्दछ ।
हामीले अध्ययन गर्नु पर्ने कुन कुरा महŒवपूर्ण हो भन सिद्धान्तको संशोधन र परित्यागको परिघटनालाई (जस्तो बाबुराम भट्टराईले माक्र्सवादको परित्याग गरेको घटनालाई पनि उदाहरणमा लिन सकिन्छ । सामान्य अर्थमा होइन, संशोधनवादी परिघटनाका अर्थमा ग्रहण गर्नु पर्ने हुन्छ । यस प्रकारको संशोधनवाद दक्षिण, मध्य र उग्र जुनसुकै रूपमा पनि देखा पर्न सक्छ । यहाँनेर हामीले जान्ने पर्ने कुरा के हो भने आजको साम्राज्यवाद र सर्वहारावर्ग बीचको भीषण संघर्षको युगमा संशोधनवाद खुला रूपमा भन्दा छदम रूपमा प्रकट हुने गर्दछ । जस्तो एमाओवादी हुदैँ माओवादी केन्द्रसम्म आइपुग्दा प्रचण्ड रूपी छदम संशोधनवादलाई उदाहरणको रूपमा लिन सकिन्छ । कुरा क्रान्ति गर्ने तर व्यवहार प्रतिक्रान्तिकारी गर्नेलाई छद्म संशोधनवादी भनिन्छ ।
अतः माक्र्सवादको विकास संघर्षका बीचबाट हुने गर्दछ । त्यसो भएर नै माक्र्सवादी दर्शनलाई संघर्षको दर्शन भनिन्छ । यी माथि उल्लेखित विषयवस्तुहरूको अध्ययन हामीले वैज्ञानिक (द्वन्द्वात्मक) पद्धतिको आधारमा अध्ययन गर्दै अगाडि बढ्यो भने हामीले यी चीजलाई सही ढंगले पकडन सक्छौँ र ठिक ठाउँमा पुग्न सक्छौं ।
निष्कर्ष
अध्ययन ज्ञान प्राप्तिको मुख्य साधान हो । ज्ञान व्यवहारबाट शुरू हुन्छ र व्यवहारमै फर्कन्छ । अर्थात व्यवहारिक अनुभव नै ज्ञान प्राप्त गर्ने अर्को साधन हो । त्यसका लागि ऊ प्रत्यक्ष श्रममा अर्थात व्यवहारमा जानु पर्दछ । त्यसो भएर यस विषयमा माओत्सेतुङ अगाडि भन्नु हुन्छ– “जो व्यक्ति आफ्ना आँखाहरू चिम्लने गर्छन्, आफ्ना कानहरू बन्द गर्छन् र आफूलाई वस्तुगत संसारबाट पूरै अलग गर्छ, उसले कुनै ज्ञान प्राप्त गर्न सक्तैन । ज्ञान अनुभवबाट शुरू हुन्छ– यो नै ज्ञान सिद्धान्तको भौतिकवाद हो । (९)
हामीले मालेमावादको वैज्ञानिक ढङ्गले अध्ययन नगरिकन ठोस परिस्थितिको ठोस विश्लेषण गर्न सक्तैनौं । हामी अहिलेसम्म पनि अर्धसामन्ती र नव उपनिवेशिक देश नेपालमा महान् नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने ऐतिहासिक अभिमारा बोकेर क्रान्तिको कामलाई अगाडि बढाउन दृढतापूर्वक अगाडि बढिरहेका छौँ । यस प्रकारको क्रान्ति पुरा गर्ने क्रममा हामीले विविध प्रकारको अध्ययन गर्न जसरी हुन्छ नै । अध्ययन विना, त्यसमा पनि वैज्ञानिक (द्वन्द्वात्मक) अध्ययनविना नेपालको समग्र वर्तमान परिस्थिति र आजको भूमण्डलीकृत साम्राज्यवादको समग्र अध्ययन गर्न समर्थ हुन सक्तैनौँ । समग्र नेपाल र समग्र विश्वलाई नबुझीकन हामीले क्रान्तिका रणनीति र कार्यनीति ठोस गर्न र कार्यान्वयन गर्न समर्थ हुनेवाला छैनौं । त्यसैले माक्र्सवादको वैज्ञानिक अध्ययनको आवश्यकता छ र रही रहनेछ ।

सन्दर्भसामग्रीहरू
१) माओ, सही विचार कहाँबाट आउँछन् (मे १९६३)
२) माओत्सेतुङ– चुनिका रचनाहरू भाग–१, पृष्ठ १४२
३) स्टालिन, द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवाद ।
४) माक्र्स– एङ्गेल्स, संकलित रचना संग्रह, खण्ड १, पृष्ठ १०५ ।
५) लेनिन– संकलित रचनाहरू भाग–१९, पृष्ठ २५
६) माक्र्स एंगेल्स – संकलित रचनाहरू भाग–३, पृष्ठ १८७
७) माओत्सेतुङ – चुनिएका रचनाहरू, अंग्रेजी संस्करण भाग–५, पृष्ठ १६०
८) क्भभिअतभम धयचप या ःबयत क्भ त्गलन, ख्य ि( ख्, ए घद्दट ँयचभष्नल ीबलनगबनभ एचभकक ज्ञढठठ
९) माओत्सेतुङ– संकलित रचनाहरू भाग–१, पृष्ठ २४१
१०) किरण, मोहनवैद्य – माक्र्सवादी दर्शन, प्रगतिशील अध्ययन केन्द्र, काठमाडौँ ।
११) केसी, हस्तबहादुर– माक्र्सवादी दर्शनको रूपरेखा, ऐरावती प्रकाशन, काठमाडौँ ।

(साभार : माओवादी, पूर्णाङ्क १०, २०७३ साउन)

सोम, भदौ २०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया