भाषणले देश विकास हुन्न :सिंह

काठमाण्डौ ,२० भदौ ।

नेपाली कांग्रेसका नेता प्रकाश मान सिहले भाषणले मात्रै देश विकास नहुने भन्दै तत्काल मधेशका माग संबोधन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल तरुण दल चौथो काठमाण्डौ जिल्ला अधिबेशनको उद्घाटन गर्दै नतिजामा मा केही नदेखिने भाषण मात्र गरेर मुलुकले निकास पाउन नसक्ने समेत बताउनु भयो ।

मधेस समस्याको समाधान र स्थानीय तहको सिमाङकन तत्काल टुङ्गोमा पुराउन उहाको माग छ ।

मधेश समस्या समाधान नभएसम्म तीनै निकायको निर्वाचन सम्भव नभएको उहाको भनाई छ ।

कायक्रमा बोल्दै रक्षामन्त्री बालकृष्ण खाणले मुलुको समस्या समाधानको लागि सरकार तयार रहेको बताउनु भयो ।

सोम, भदौ २०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...