सितल थोपा सिँचाई प्रविधि नेपालको कृषिको व्यवसायिकरणमा बरदान साबित : प्रविधि व्यवस्थापक गैरे

देशको मेरुदण्ड मानिने कृषिको स्तरोन्त गर्न तथा व्यवसायिक बनाउने अभियान स्वरुप देशका पचहतरै जिल्लामा यो प्रविधिको विकास तथा विस्तार पु¥याउने योजना अनुरुप थोपा सिँचाईको विस्तार गर्न सितल थोपा सिँचाई उद्योग प्रविधि उद्योग टिम थप शसक्त र प्रभावकारी ढंगले अघि बढेको छ । जसले युवा वर्गलाई समेत आफ्नै देशमा केहि गर्न प्रेरित गर्ने छ भने देशलाई दिर्घकाल सम्म आर्थिक समृद्धिको बाटोमा अगाडि बढाइरहेको छ ।

कम खर्चमा पनि थोपा सिँचाई प्रविधि उपयोग गरी कृषिमा उत्पादन बढाउन सकिन्छ भन्ने सन्देश कृषक सम्म पु¥याउन नेपालको एक मात्र थोपा सिँचाई उद्योग सितल थोपा सिँचाई उद्योग प्रविधि उद्योगले महत्वपुर्ण भुमिका खेलेको कुरामा यस प्रविधि उद्योगका प्रविधि व्यवस्थापक राजन गैरेको धारणा रहेको छ । लामो समयदेखि थोपा सिँचाइको अनुसन्धान, प्रवद्र्धन तथा विस्तारमा लागिरहेका गैरेसँग थोपा सिँचाईकै बारेमा हामीले थप जानकारी लिने प्रयास गरेका छौँ । प्रस्तुत छ सोहि कुराकानीको संपादित अंश :-

कति समयदेखी थोपा सिँचाई प्रविधीको विस्तारमा लाग्नुभयो ?

हामीले विगत १८ वर्षदेखि सितल थोपा सिंचाई प्रविधि उद्योग संचालनमा ल्याएका छौँ । कृषिको व्यवसायिकरणमा आवश्यक प्रणाली अन्तर्गत थोपा सिंचाईको उत्पादन तथा विस्तारमा हामी कटिबद्ध रुपमा लागिरहेका छौँ ।

सुरुका दिनमा र आजको दिनमा प्रविधी प्रयोगमा के फरक पाँउनुभाछ ?

नेपालका अधिकांस जनता कृषिमा निर्भर छन् । आवश्यक सूचनाको अभाव तथा आवश्यक प्रविधिको अभावमा निर्वाहमुखी कृषि प्रणालीमा संलग्न जनताको सोचमा परिवर्तन ल्याई व्यवसायिक कृषितर्फ उन्मुख गराउन अझै पनि सकिएको छैन । तर प्रविधीको विस्तारको कुरा गर्दा धेरै परीवर्तन भएको छ । कृषिलाई व्यवसायिक बनाउन सकिन्छ भन्ने ज्ञान कृषक सम्म नपुगेको यथार्थ हामी सामु छ । कम खर्चमा पनि थोपा सिँचाई प्रविधि उपयोग गरी कृषिमा उत्पादन बढाउन सकिन्छ भन्ने सन्देश कृषक सम्म पु¥याउन नेपालको एक मात्र थोपा सिँचाई उद्योग सितल थोपा सिँचाई उद्योग प्रविधि उद्योगले महत्वपुर्ण भुमिका खेलेको छ । सुरुवाती पेजमा जानकारी दिन अलि कठिन थियो तर अहिले त्यो अवस्था छैन ।

गैर –सरकारी सस्था तथा निजी क्षेत्रबाट काम गर्दाको के फरक पाँउनु भएको छ त ?

फरक त छ नै काम गर्ने तरीकामा । गैर सरकारी सस्था बजेटबाट संचालित हुन्छ । तर यसरी गरीएको काम दिगो देखिएको छ तर निजी क्षेत्रबाट गरीएको काम दिगो रुपमा नै अगाडि बढेको पाइन्छ । हामीले गरेको कामले दिगो रुपमा नै सार्थकता पाइरहेको छ । देशको मेरुदण्ड मानिने कृषिको स्तरोन्त गर्न तथा व्यवसायिक बनाउने अभियान स्वरुप देशका पचहतरै जिल्लामा यो प्रविधिको विकास तथा विस्तार पु¥याउने योजना अनुरुप सितल थोपा सिँचाई उद्योग प्रविधि उद्योग टिम थप शसक्त र प्रभावकारी ढंगले अघि बढेको छ । जसले युवा वर्गलाई समेत आफ्नै देशमा केहि गर्न प्रेरित गर्ने छ भने देशलाई दिर्घकाल सम्म आर्थिक समृद्धिको बाटोमा अगाडि बढाउने निश्चित छ ।
थोपा सिँचाई प्रविधिको प्रयोग गर्दाका फाइदाहरु ?

थोरै पानीमा किफायती सिंचाइ गर्न सकिने, श्रमशक्ति कम लाग्ने, अनावश्यक झारपात बृद्विमा कम हुने, सिंचाइबाटै मल तथा बिरुवालाई खाधतत्व पु¥याउन सकिने, फलफुल खेतीमा पनि प्रयोग गर्न सकिने, सिंचाइ गर्दा समयको बचत हुने, माटोको उर्वराशक्तिलाई कायम राख्ने, भिरालो जमिनमा पनि प्रयोग गर्न सकिने, उत्पादन तथा उत्पादकको गुणस्तरमा वृद्वि हुने हुनाले यो प्रविधि नेपालको व्यवसायिकरणमा बरदान साबित भएको छ ।

आगामी दिनको योजना के छ त ?

अगुवा फर्मको रुपमा नेपालको सबै जिल्लामा लघु सिंचाई प्रविधिहरुको आपूर्तिमा नेतृत्वदायी भूमिका स्थापित गर्नु हाम्रो उद्योगले आफ्नो प्रविधि तथा कार्यकलापको परिमार्जन, संवृद्घि तथा बिस्तार गरेर लघु सिंचाईको आम बजारीकरणमा प्रमुख उत्प्रेरकको भूमिका खेल्ने यसको दूरदृष्टि छ । लक्षित ग्राहकको सन्तुष्टि हुने गरी गुणस्तरको लघु सिंचाई प्रविधि तथा सहायक सामाग्रीहरु समुचित लागतमा उत्पादन गर्ने र सरल मुल्यमा विक्रि वितरण गर्नुका साथै सबै सरोकारवालाहरुलाई उचित प्रतिफल प्राप्त हुने तरिकाले दिगो सुधार तथा नयाँ पद्वतिको आधारमा निरन्तर कृषिपे्रमी सबैको उत्थान गर्ने पनि हाम्रो योजना छ ।

14074600_1012095055571416_539817428_o

सितल थोपा सिंचाई प्रविधि उद्योगको विस्तार कसरी भएको छ त ?

पानीको सर्वोत्तम उपयोग गर्ने लघु सिंचाई प्रविधि तथा सेवाहरुको पहँुच तथा प्रयोगबाट साना किसानहरुको जीवनस्तरमा दिगो प्रगति गर्नु नै हाम्रो उद्योगको उद्धेश्य हो । यस उद्योगको अभिष्ट गरीब तथा साना किसानहरुलाई कम मूल्यमा पाइने, थोरै संभार खर्च लाग्ने आयमूलक लघु सिंचाई प्रविधिहरु आपूर्ति गरेर उनीहरुको खाद्य सुरक्षा, उर्जा र स्वास्थ्यमा सुधार गर्नु हो र हामीले ६२ डिलरमार्फत देशैभरी नै थोपा सिँचाई प्रविधि पु¥याएका छौँ, आगामी दिनहरुमा डिलरको संजाल झन विस्तार गरीरहेको छ ।
अन्त्यमा केहि भन्न चाहनुहुन्छ ?
नेपालमा कृषिको निकै सम्भावना छ । निर्वाहमुखि कृषि होइन अब हामी व्यवसायिक रुपमै कृषिमै लागौं अनि आत्मनिर्भर बनौं । भन्ने सन्देश दिन चाहन्छु ।

सोम, भदौ ६, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य कृषि सहकारी समाचार