राष्ट्रिय सुरक्षामा खतरा भए सेना चुप लाग्दैन : प्रधानसेनापति क्षेत्री


काठमाडौं , १० साउन ।

नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले कुनै पनि गतिविधिबाट राष्ट्रिय सुरक्षामा गम्भिर खतरा उत्पन्न भएमा त्यसलाई सशक्त ढंगबाट सामना गर्ने बताउनु भएको छ ।

अष्ट ‘ज’ अभियानको गमला हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानसेनापति क्षत्रीले राजनितिक अस्थिरताका कारण राष्ट्रिय सुरक्षामा असर पुगे सेना चुप लागेर नबस्ने प्रतिक्रिया दिनुभएको हो ।

उहाले नेपालको समष्टिगत राष्ट्रिय हितको सुरक्षाको लागि सेना प्रतिबद्ध रहेको पनि दोहोर्याउनु भयो ।

नेपाली सेनाले विद्यमान राजनीतिक एवं सुरक्षा स्थितिलाई आफूले सुक्ष्म ढंगबाट नियालिरहेको उहाको भनाई छ ।

सेना संविधान अनुरुप आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्न सदा कटिबद्ध रहेको भन्दै उहाले विपद व्यवस्थापन, पर्यावरण सुरक्षा, राष्ट्रिय विकासको क्षेत्र तथा अन्तर्रा्ष्ट्रिय शान्ति स्थिरताको क्षेत्रमा छुट्टै पहिचानका साथ दृढतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको बताउनु भयो ।

सोम, साउन १०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter