भगवान गौतम बुद्धको जीवनी

 नेपाल अधिराज्यको ऐतिहासिक पुण्यभूमि लुम्बिनीमा आज भन्दा २५६० वर्ष अगाडि त्यस पुण्यभूमिलाई हिमाल पर्बतमुनिको फाँट जम्बुदिप भनिन्थ्यो त्यो ऐतिहासिक कालमा त्यस पुण्यभूमिहरुमा स-साना राज्यहरु थिए | त्यहाँ शाक्यवंशको महाराजा शुदोधनले राज गर्थे | राजा शुदोधनको दुई वटि श्रीमती अर्थात महारानीहरु थिइन् | उनिहरुको नाम महामायाँदेवी गौतमी  र प्रजावति गौतमी थिइन् | महाप्रजावती मायाँदेवी गौतामिकी शाक्खे बहिनी थिइन् | त्यतिबेला रानी महामायादेवी गौतमिले मध्यरातको सपनामा ६ वटा दारा भएको सेतो हात्तीले आफ्नो गर्वमा प्रबेश गरेको देखिन | त्यसपछि उनी गर्भवती भएकी थिइन् | राजा शुदोधन र रानी महामायाँदेविको बिबाह भएर २० वर्षपछि मात्र राजकुमारले मायाँदेविको कोखमा बाश लिनु भएको थियो | एक दिन  रानी महामायादेवी गौतमी  कपिलवस्तुबाट सयौ सुसारेहरु सहित  आफ्नो माइता  देवदह जादै गर्दा बीच बाटोमा लुम्बिनी  बगैचा पर्थ्यो |
रानी मायादेवीलाई केही समय बिश्राम गर्ने इच्छा जागेपछि एउटा सालको  बृक्षमुनी आराम गर्दा गर्दै आफ्नो शरीरमा केही परिबर्तन आएको सङ्केत आएपछि  उठेर त्यही सालको बृक्षको हाँगामा दायाँ हातले समातेपछी तुरुन्तै एउटा राजकुमारको जन्म भएको थियो उक्त शिशु शिदार्थ थिए | शिशुले जन्मने बितिकै सात पाइला हिडेको थियो र उनले टेकेका सातै वटा ठाउँहरुमा एक एक वटा कमलका फुलहरु फुलेका थिए | त्यो दिन बैशाख पुर्णिमा थियो | राजकुमार जन्मे पछि  त्यसैदिन असीत ॠषि ध्यान गरेर बसिरहेका बेला उनले आकाशमा एक अलौकीक दृश्य देखे | उक्त दृश्यमा देवताहरु जस्ता देखिने र उल्लास्पूर्ण नाचगान गरिरहेका थिए | अनि केही समय पछि असीत ॠषिले राजकुमारको जन्म भएको शुभ खबर सुने | त्यसपछि  खुशीको कामना गर्दै राजकुमारको दर्शनको लागि कपिल्बस्तु प्रस्थान गरे |
असीत ॠषि कपिल्बस्तु आइपुगेपछि महाराजा शुदोधनलाई बधाई दिदै राजकुमार शिदार्थ आफ्नो हातमा लिएर यो बालक सामन्न्य हैन । यो बालकले भविष्यमा निश्चय  पनि एउटा अलौकिक शक्ति  प्राप्ति गरी प्राणी जगत्कै  प्रथम महापुरुष हुनेछ भन्नु भयो त्यति भने पछि  ॠषिले आँखाबाट आसु झार्यो | यो देखेर राजा शुदोधनले ॠषिलाई सोधे तपाईं किन रुदै हुनुहुन्छ ? ॠषिले भने ” म अभागि रहेछु कारण राजकुमार शिदार्थले त्यो अलौकिक शक्ति  प्राप्त गरी संसारकै प्रथम मार्गदर्शक हुने बेलामा मेरो यो भौतिक शरीर यहाँ रहने छैन । म धेरै बुढेस कालमा पुगिसकेको छु भन्नुभयो | त्यस बेला शाक्य जातिको परम्परामा शिशु जन्मेको पाचौ दिनमा नै शिशुको नामकरण गर्ने प्रचलन भएकोले उक्त दिनमा नै ज्योतिषिहरुलाई निम्त्याइयो | भविष्यमा यो बालकले संसारमा मैत्रीपूर्ण प्रेमभाव, करुणाकारी र लोक कै हितका लागि धर्मचक्र प्रवर्तन गर्नेछ यदि संसार त्यागेर सन्यास ग्रहण गरे प्राणी जगत कै हितका लागि प्रथम महापुरुषको रुपमा परिनायक हुनेछ भन्नुभयो | त्यसैले अर्थ शिद्द गर्ने हुनाले राजकुमारको नाम शिदार्थकुमार गौतम राखियो |
त्यसरी पण्डितले स्थिर रुपले यस  बालकले गृह त्यागेर जानेछ भन्दा राजा शुदोधनलाइ चिन्ता लागेको थियो किनकी राजा शुदोधन चाहन्थे कि राजकुमार दरबारमै बसेर राज्य चलाअोस । प्रकृतिको नियम नै जन्म र मरन स्वाभाबिक भएकाले राजकुमार जन्मेको सातौ दिनमा रानी माहामायादेवी गौतमिको दु:खद्पूर्ण परलोक भयो । महारानी मायादेवी परलोक भएकोमा कपिलवस्तु राज्यका नागरिकहरु शोककुल भए | यसरी माहामायादेवि गौतमि परलोक हुनुभए पछि  शिशु राजकुमारको पालनपोषण रानी प्रजावति गौतामिले गरिन | राजकुमार शिदार्थ दिन प्रतिदिन हुर्कदै जाने क्रममा आफुलाई जन्मदिने आमालाई नदेखेपछि उनको मनमा धेरै प्रश्न चिन्हहरु खडा भैसकेको थियो कि मनुस्ये जिबनमा यथार्थ के हो ? राजकुमार सिद्दार्थ १६ वर्स पुगेपछि  महाराजा शुदोधन र रानी प्रजावति गौतामिले राजकुमारको शुभ विवाह गरिदिने सल्लाह गरी देव्दहकै सप्रबद्दकी छोरी यशोधरादेवी नाम कि परम सुन्दरी सँग शुभ-बिबाह सम्पन्न गरिदिए |
राजकुमार शिदार्थ र यशोधरादेवी  बिच विवाह  भएर पनि १३ वर्षपछि  मात्र राहुल कुमारको जन्म भएको थियो । एकदिन राजकुमार शिदार्थ राजदरबार बाहिर घुम्न जानको लागि छन्नलाई रथ ल्याउने आज्ञा दिए | छन्नाले पनि रथलाई राम्रोसँग सिंगारी दुई वटा घोडा राजकुमार सामु ल्याई  पुराए | अनि राजकुमार रथ चढेर छन्नको साथमा राजदरबार बाहिर घुम्नको लागि प्रस्थान गरे । पहिलो पटक राजकुमार शिदर्थाले राजदरबार बाहिर घुम्ने क्रममा रथबाट एउटा बृद्ध पुरुष लाठी टेक्दै थरथर  काम्दै बाटोमा हिडिरहेको देखे । अनि राजकुमार शिदर्थाले छन्नलाई सोधे यो कस्तो किसिमको मनुस्य हो ? छन्नले भने राजकुमार यो हामी जस्तै मनुस्य हो । छन्न’ यो हामी जस्तै मनुस्य हो भने हामी जस्तै स्वास्थ्य किन नभएको ? छन्नले भने राजकुमार बृद्ध अवस्थामा पुगेपछी सबै मनुस्य यस्तै हुन्छन सबै मनुस्यले एक दिन बृद्ध  अवस्था भोग्नै पर्ने हुन्छ | त्यसो भए  के मैले पनि एकदिन त्यस्तै अवस्था भोग्नुपर्ने हुन्छ ? छन्नले भने राजकुमार यो त प्रकृतिको नियम नै हो ।
संसारको सबै मनुस्य एकदिन त्यस्तै अवस्थामा पुगेर मनुस्य जीवनको अन्त्य हुन्छ । यति सुनेपछि राजकुमारलाई यसबाट छुट्कारा पाउने कुनै बाटो छ कि छैन भन्ने चिन्ताले सिध्दार्थलाई सदैव सताउन थाल्यो । दोस्रोपटक यसैगरी एकदिन फेरी राजकुमार सिध्दार्थले घुम्न भनी छन्नसग रथमा बसेर हिंडे । केही पर पुगेपछी एकजना मानिस रोगले अति  नै पीडित भएर सडकको बिचमा छटपटीरहेको देखे राजकुमार सिध्दार्थले त्यो रोगी मानिसबारे पनि छन्नलाई सोधे र छन्नले पहिला जस्तै उतर दिये । यसै गरी तेस्रोपटक राजकुमार सिध्दार्थ राजदरबार बाहिर घुम्नु जाने क्रममा एउटा म्रितक शवलाई दहसस्कारका निम्ती चार जनाले काधमा बोकेर लैजादै गरेको द्रिश्य देखे । यी द्रिश्यहरुले राजकुमार सिध्दार्थको मनमा झन झन धेरै चिन्ता बढाइरहेको थियो । यसै गरी चौथोपटक दरबारबाट बाहिर जानुभएको बेला राजकुमारले एउटा भिक्षु देखेर राजकुमारले छन्नलाई सोधे यो कस्तो मानिस हो ? छन्नले भने यिनी एउटा भिक्षु हुन । यिनको घरपरिवार कोही पनि छैनन । सर्वप्राणीहरु प्रती समान रुपले मैत्रिभाब राखेर यो प्राणी जगतमा भएका दु:खलाई देखेर त्यसबाट  मुक्ति प्राप्तिका लागि सम्पूर्ण मायाँजाल त्यागेर प्रव्रजित भएका भिक्षु हुन ।
छन्नको यो करुणमय बचन सुनेपछि राजकुमार शिदार्थ अति नै खुशी र चिन्तित् हुँदै यो प्राणी जगतको दु;खलाई उद्धार गर्नका निम्ति मैले पनि पनि राज्य सुखभोग त्यागी त्यस्तै भिक्षु हुन आवश्यक छ भनि मनले सङकल्प गरे ! त्यो द्रिस्ये देखेपछी राजकुमार पुन राजदरबारमा फर्किनुभयो | दरबारमा अाइपुग्दा यशोधरादेवीलाई राहुलकुमार नामक पुत्ररत्न प्राप्त भएको थियो तर राजकुमार शिदार्थत्यति खुशी हुनु भएको थिएन । मानिस जन्मनु, बुढो हुनु, र अन्त्यमा अनिस्चित रुपले म्रितु हुनुबाट कसरि मुक्ति पाउने ? भन्ने चिन्ताले नै राजकुमार शिदार्थलाई सदैव सताइरहन्थ्यो । राजकुमार शिदार्थले सर्बप्राणीको दु:ख र कस्ट्को मुक्तिको लागि मैले यो भौतिक सुख र सम्रिदि त्यागेर जगत प्राणीको दु:ख र कस्टको मुक्ति मार्गको खोजिमा जानै पर्छ भन्ने भाबना लिएर २९ बर्षको उमेरमा लुम्बिनिबाट कन्ठक घोडामा चढि छन्दकका साथ छोरा राहुलकुमार जन्मियर सातौ दिनमा नै मध्य रातमा ग्रिहत्याग् गर्नु भएको थियो ।
सिध्दार्थ गौतम छन्दकका साथ अनोमा नदी किनारमा पुग्नुभए पछि  घोडाबाट अोर्लेर नदिको किनारमा उभिएर आफुले लगायका बस्त्रहरु सबै उतारेर छन्दक्लाई दिदै भने यि बस्त्रहरु र कन्ठक् घोडा लिएर तिमी कपिल्बस्तु फर्क । अनी कपिल्बस्तु नगरमा पुगेपछी मेरो बारेमा माता पितालाई मेरो यो सन्देश सुनाइदेउ । यती भनेपछी छन्दक्ले रुदै हुन्छ भने । अनी कन्ठक् घोडा र सिध्दार्थको सबै बस्त्रहरु लिएर कपिल्बस्तुतिर रुदै फर्किए शिदार्थ गौतमले आफ्नो केश आँफैले काट्नु भयो र पहेलो बस्त्र धारण् गरी भिक्षा पत्र हातमा लिएर अनोमा नदी तरेर जङगतिर प्रस्थान गर्नु भएको थियो । यसरी सिध्दार्थ गौतमले सर्बत्याग गरेर जानु भएपछी उरुबेला बन अर्थात बोध्द गयामा एउटा पिपलको रुखमुनी ६ बर्ष सम्म आध्यत्मिक ध्यानमा बस्नुभएको थियो |
यसरी ६ बर्ष सम्म ध्यान गरेर बैशाख पुर्णिमाको दिन ३५ बर्षको उमेरमा शिदार्थ गौतमले बोधिज्ञान प्राप्त गर्नुभई  सम्यक सम्बुध्द हुनुभएको थियो । आफुले प्राप्त गरेको ज्ञान आफु लगायत्  जगत प्राणीको लागि सहि  छ कि छैन भनेर उनी  फेरी सात हप्तासम्म चिन्तन मनन गर्नुभएको थियो । शिदार्थ गौतम बुद्धले ६ बर्षसम्मको कठोर ध्यान तपस्याद्वारा प्राप्त गरेको बोधिज्ञान आफु लगायत्  जगत प्राणीको लागि सहि  मार्ग् कै प्रमाणित भएपछि  मात्र ध्यानबाट उठ्नु भएको थियो । तथागत गौतम बुद्धले आफुले प्राप्त गर्नुभएको ज्ञान सबभन्दा पहिला बोधगयामा भगवान बुद्ध संगै ध्यानमा बसेका पञ्चबर्गिय भिक्षुहरुलाई सुनाउनु भएको थियो । ति पञ्चबर्गिये भिक्षुहरु शिदार्थ गौतम बुद्ध तपस्यामा बस्नुभएको बेला केही समय उहा सगै बसेका थिए |
  यसरी  समय बित्दै जाने क्रममा शिदार्थ गौतम बुद्धले संसारका करोदौ मानिसहरुलाई बुद्ध उपदेशले प्रभाबित पारी संसारिक दु:ख र कष्टको मुक्ति मार्ग देखाउनु भएको थियो । थथागत गौतम बुद्धको जिबनकाल नै मनुस्य प्राणीको कल्याणका निम्ति समर्पित थियो । प्रकृतिको नियम र चक्रप्रणाली अनुसार तथागत बुद्धले बोधिज्ञान प्राप्त गर्नु भएपछि  ४५ वर्ससम्म गाउंगाउमा पैदल यात्रा गर्नुभई लोककल्याणका निम्ति बुद्ध धर्म बारे प्रवचन दिनुभई अन्तयमा ८० बर्षको उमेर हुँदा कुशिनगरको रम्निय जङ्गलमा महापरिनिर्वाण हुनुभएको थियो ।

शनि, जेष्ठ ८, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...