मुलुकलाई खण्डित गर्ने प्रयास भइरहेको छ : नेत्री कोइराला


काठमाण्डौ,१७ मंसिर ।

नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले विभिन्न वहानामा मुलुकलाई खण्डित गर्ने प्रयास भइरहेको दाबी गर्नु भएको छ ।

प्रेस युनियन डडेल्धुराले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले मुलुक टुक्य्राउने खेल भइरहेकाले राष्ट्रिय एकतामा सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभयो।

नेत्री कोइरालाले पाँच विकास क्षेत्रलाई नै प्रदेशका रुपमा स्थापित गर्दा कुनै प्रदेशलाई पनि मर्का नपर्ने र सबै भूभाग, जातजाति, हिमाल, पहाड र तराईको भूमिसमेत समान ढङ्गले वितरण हुने धारणा व्यक्त गर्नुभयो ।

अर्को एक फरक प्रसङ्गमा उहाँले पार्टी अधिवेशनबाट पुराना पुस्ताले युवालाई जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने बताउनुभयो । यसैबीच, पार्टीको आसन्न तेह्रौँ महाधिवेशनको सिलसिलामा आयोजित कार्यकर्ता भेटघाटमा उहाँलाई उपस्थित कार्यकर्ताले वरिष्ठ नेता शेरबहादुर देउवासँगै सहकार्य गरेर जान सुझाव दिएका थिए ।

बिहि, मंसिर १७, २०७२ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार