संसदबाटै समाधान खोज्न मधेसवादी दलहरुलाई उपप्रधानमन्त्री मैलालीको आग्रह


काठमाडौँ, १७ मङ्सिर ।

उपप्रधानमन्त्री एबम महिला, बालबालिका तथा समाज कल्याणमन्त्री सिपी मैनालीले बन्द, हडताल र नाकाबन्दी त्यागेर संसद्बाटै समाधान खोज्न मधेसवादी दलहरुसँग आग्रह गर्नुभएको छ ।

२४ औं अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा विभिन्न सङ्घसंस्था आबद्ध मूल आयोजक समितिद्वारा राजधानीमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै मन्त्री मैनालीले यस्तो आग्रह गर्नुभएकोे हो ।

उहाँले संविधानमा सबैका सबै अधिकारभन्दा पनि सबैका केही अधिकार सुनिश्चित गरिएको र त्यसलाई कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । नेपालको नयाँ संविधानले पहिलोपटक अपाङ्गताको अधिकारलाई सुनिश्चित गरेको उहाँको भनाइ थियो ।

बिहि, मंसिर १७, २०७२ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया