सानै उमेरमा सांगितिक क्षेत्रमा उदाएका गायक लम्साल भन्छन् “गाउँकै जीवन ठिक छ” (भिडियो)


काठमाण्डौ ।

गायक किशोर लम्सालको दोस्रो सांगितीक कोशेली लोक दोहोरी गीत “गाउँकै जीवन ठिक छ” बजारमा आएको छ । २०६८ सालदेखि सांगितिक यात्रा सुरु गरेका गायक लम्सालले पहिलो पटक “माफि माग्ने मौका ” भन्ने गीतमा आफूले स्वर दिएका थिए ।

गोरखा जिल्लाको घ्याल्चोक वडा नं ५ मा २०४९ चैत २४ गते बाबा विष्णु प्रसाद र आमा डोलकुमारीको माईलो सन्तानका रुपमा जन्मिएका गायक लम्साल सानै देखि गायनमा रुची राख्दथे । गाउँ घरमा केहि कार्यक्रम होस् या बिद्यालयमा गीत गाउन उनी तम्सिन्थे र गाईहाल्थे । उनले गाएको सुनेर साथी भाई र आफन्तको प्रसंसाको पात्र बनेको आज जस्तो लाग्छ उनी भन्छन् । त्यहि हौसलाले आज यो ठाउसम्म उनलाई पुर्याएको छ ।

कुनै पनि क्षेत्रमा अगाडि बढ्नका निमित्त अग्रज ब्यत्तिको खाँचो पर्नेमा यस क्षेत्रमा आफू अगाडि बढ्दा कलाकार सागर विरहीले पुर्याएको सहयोग र साथलाई उनले भुल्न नसक्ने बताए । सानै उमेरमा गायन क्षेत्रमा लागेका उनले यो क्षेत्रमा टिकिरहन चुनौति पूर्ण रहेको स्वीकार्दै भने म आफ्नो गला र कलामा निख्खरता ल्याउन जस्तो सुकै चुनौति र कठिनाईको सामना गर्न तयार छु ।

सागर विरहीको मौलिक लय तथा शब्द श्रृजनाले सजिएको उत्त गीतमा लम्सालसँगै अहिलेकी चर्चीत गायीका मुना थापाले पनि स्वर दिएकी छन् ।

सिंगो सांगितिक क्षेत्र धारासायी बन्दै गएको यो स्थीतिमा पनि किशोर लम्सालको गाउकै जीवन ठिक छ यो गीतले छोटो समयमा नै धेरै दर्शक श्रोताहरुको मन जित्न सफल भएको छ ।

संगम डिजिटल प्रा .लि .ले बजारमा ल्याएको यो गीतको म्युजिक भिडियोमा आफ्नै मौलिक स्वादको साथमा अभिनय गरेका छन् ,गणेश उपे्रति र रञ्जीता गुरुङले । मिर्मिरे अनलाईन परिवार गायक लम्सालको यस गीत गाउँकै जीवन ठिक छ को सफलताको कामना गर्दै उनको सांगितीक भविष्यको समेत शुभकामना ब्यत्त गर्दछ ।

गीतका पङ्तिीहरु …..

हे बाटो आ छ ,बिजुली आ छ
त्यसैमाथि घर मुनि धारो छ ,

गाउँ कै जीवन ठिक छ
हे मन्त्री बन्नु छैन मलाई गाउँकै जीवन ठिक छ
भैंसी पाल्यो गाउँ तीरै हजारौमा बिक्छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।

 

बिहि, मंसिर १७, २०७२ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य भिडियो समाचार