आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस, विविध कार्यक्रम गरी मनाइदै


काठमाडौ १७ मंसिर ।  

आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस नेपालमा पनि यस क्षेत्रमा काम गर्ने संघ संस्थाले विविध कार्यक्रमको आयोजना गरी मनाउदैछन् ।

सन १९९२ बाट प्रत्येक वर्ष डिसेम्बर ३ तारिखमा यो दिवस मनाउने गरिन्छ । दिवसको यस बर्षको नारा अर्थपूर्ण समावेशीकरण , सबै क्षमताका व्यक्तिका लागि पहुँच र शसक्तिकरण भन्ने तय गरिएको छ ।

शारिरिक रुपमा असक्षमता भएका व्यक्ति बारेको बहस, उनीहरुका लागि अवसर र समावेशिताका सवालमा दिवसले आवाज उठाउदै आएको छ ।

दिवसका अवसरमा राष्ट्रिय अपांङ्ग महासंघले राजधानीको भृकुटीमण्डपमा आज विशेष कार्यक्रमको आयोजना गरेको छ । नेपालमा अपाङ्गता भएका व्यक्तिहरु शिक्षा, स्वास्थ्य लगायतका आधारभुत सुविधाबाट बञ्चित रहेको सरोकारवालाको भनाई छ ।

सरकारी तथ्यांकमा रहेका करिब ६ लाख अपांगता भएका ब्यक्तिलाई सरकारले परिचय पत्र बितरण गरी मासिक रुपमा भत्ता उपलब्ध गराउदै आएको छ । बिश्व स्वास्थ्य संगठन डव्लुएचओले भने नेपालमा विभिन्न किसिमका शारीरिक असक्षमता भएका ३० लाख मानिस रहेको जनाएको छ ।

व्यवस्थापिका संसदमा दर्ता भएको अपांग सम्बन्धि विधेयक तत्काल पारित हुनुपर्ने, अपाङ्गताकालागि राष्ट्रिय नीति तथा कार्यक्रम लागु हुनु पर्ने र ग्रामिण क्षेत्रमा रहेका यस्ता व्यक्तिका लागि सारक्षरताको कार्यक्रम तत्काल ल्याउन राष्ट्रिय अपांग महासंघले माग गरेको छ ।

बिहि, मंसिर १७, २०७२ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter