बुटवलमा भएको छ्ट्टा छुट्टै दुर्घटनामा तीन जनाको मृत्यु


काठमाडौ १७ मंसिर ।  

बुटवलमा गएराति भएको छ्ट्टा छुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।

बुटवल १५ बेलवास स्थित ना ३ ख ३२२ नम्बरको ट्रकले एक मोटरसाइकललाई ठक्कर दिँदा मोटर साइकलमा सवार पाल्पा चापपानी–४ का २० वर्षीय सुदिप नेपाली र १९ वर्षीय बिक्की सिंजालीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

यस्तै बुटवलको फुलवारीमा लु १ ख ८३१ नम्बरको ट्रकले लु ३ प ४५८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रनसिंह ठाडाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका बुटवल–५ का ३५ वर्षीय गंगाराम सुवेदीको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारपछि थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको प्रहरीले जनाएको छ ।

बिहि, मंसिर १७, २०७२ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार