मधेसी मोर्चासंगको वार्ताका लागि प्रमुख दलले साझा धारणा बनाउँदै


काठमाण्डौ, १७ मंसिर ।

आन्दोलनरत मधेसी मोर्चासंको वार्ताका लागी प्रमुख ३ दलले आज औपचारीक धारणा बनाउँदै छन् ।

बिहान ९ बजे सिहँदरबारमा बस्ने सत्तारुढ नेकपा एमाले, एकीकृत नेकपा माओवादी र प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसकोे बैठकले मोर्चासंगको वार्ताका लागि साझा धारणा बनाउने भएका हुन् ।

बैठकमा मधेसी मोर्चाले अघि सारेको ११ बुदे माग सम्बन्धमा नै छलफल हुने एमाले सचिव प्रदिप ज्ञवालीले  मिर्मिरे अनलाईनलाई जानकारी दिनुभयो । यद्धपि बैठक सिमाङबारे नै केन्द्रित हुने पनि उहाँले बताउनुभयो ।

हिजो मोर्चासंग निर्णायक हुने भनिएको त्रिपक्षिय वार्ता स्थगित भएको थियो । वार्तामा मोर्चाका दोस्रो तहका नेता मात्र उपस्थित हुने भनिएपछि प्रधानमन्त्रि केपि शर्मा ओलीले साँझ ६ बजे बालुवाटारमा आव्हान गर्नुभएको बैठक अपरान्ह ३ बजे स्थगित गर्नुभएको थियो ।

मोर्चासंग निर्णायक हुने भनिएको पटक पटकको वार्ता स्थगित हुँदै आएको छ । यता मोर्चाले भने आफ्ना ११ बुदे माग सम्बोधन नभएसम्म तराई मधेस आन्दोलन  नरोकिने बताउँदै आएको  छ ।

बिहि, मंसिर १७, २०७२ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया