भोलीबाट सातामा ५६ घण्टा लोडसेडिङ


काठमाडौ १७ मंसिर ।  

विद्युत प्रणाली भार वृद्धि भएको भन्दै नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समय थप गरेको छ । नयाँ तालिका अनुसार अब सातामा ५६ घण्टा बिजुली कटौती हुनेछ ।

भूकम्पका कारण क्षति भएका विदुत गृह सञ्चालन हुन नसकेको तथा नदीमा पानीको सतह घटेकाले लोडसेडिङको समय थप गर्नुपरेको प्राधिकरणले जनाएको छ ।

भोलीबाट लागु हुनेगरी अब सातामा दुई दिन सात घण्टा, तीन दिन आठ घण्टा र दुई दिन नौ घण्टा बिजुली कटौती हुने प्राधिकरणले जनाएको छ । साताको पाँच दिन दुई पटक तथा दुई दिन तीन पटक लोडसेडिङ हुनेछ ।

कोलहपुरसहित पश्चिम क्षेत्र र ढल्केवर–अनारमणी क्षेत्रबाट विद्युत आपूर्ति हुने क्षेत्रका लागि लोडसेडिङ तालिका पछि प्रकाशित गरिने प्रधिकरणले जनाएको छ ।

प्राधिकरणले चन्द्रनिगाहपुर–लमही क्षेत्रबाट विद्युत आपूर्ति हुने औद्योगिक क्षेत्रका लागि पनि छुट्टै लोडसेडिङ तालिका बनाएको छ ।

बिहि, मंसिर १७, २०७२ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter