सवारी दुर्घटनामा तीनको मृत्यु


रुपन्देही, १६ मङ्सिर ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवलको फूलबारी नजिकै आज साँझ ट्रकले दुई मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु भएको छ ।

साँझ ६ बजे बुटवलबाट पश्चिततर्फ जाँदै गरेको ना ३ ख ३२२ नंको ट्रकले विपरीत दिशाबाट आएका लु७प ४५६१ र लु११प ५०७९ नंको मोटरसाइकललाई ठक्कर दिँदा दुवै मोटरसाइकल चालकको मृत्यु भएको पश्चिम क्षेत्रीय ट्राफ्रिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

मृतक दुवैको सनाखत हुन सकेको छैन । उनीहरुमध्ये एकको घटनास्थलमै र एकको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको जनाएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते रुपन्देहीका गङ्गा सुवेदीकोे अञ्चल अस्पताल बुटवलमा उपचार भइरहकोे छ ।

यसअघि आजै दिउँसो सोही ठाउँ नजिक बुटवलबाट पश्चिम जाँदै गरेको लु१ख ८३१ नंको ट्रकले सोही दिशातर्फ जाँदै गरेको लु३प ४५८० नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक नवलपरासी रुचाड–२ का रनसिंह ठाडाको मृत्यु भएको थियो ।

बुध, मंसिर १६, २०७२ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया