बाँकेको जमुनाहा नाकामा प्रहरीमाथि पेट्रोल बम प्रहार, स्थिती तनावग्रस्त


नेपालगञ्ज,१६ मंसिर ।

बाँकेको नेपालगञ्जस्थित जमुनाहा नाकामा प्रहरीमाथि पेट्रोल बम प्रहार भएको छ ।

आज प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि आन्दोलनकारीले प्रहरीमाथि पेट्रोल बम प्रहार गरेको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी नायव निरीक्षक विष्णु गिरीले जानकारी दिनुभयो ।

अहिले त्यहाको स्थिति तनावग्रस्त छ भने झडपमा परि एक प्रहरीसहित दर्जन बढी आन्दोलनकारी घाइते भएका छन् ।

प्रहरी नायव निरीक्षक गिरीले भारतीय भूमिबाट ढुंगा प्रहार भएपछि स्थिति असहज बनेको र ढुंगा लागेर एक प्रहरी जवान घाइते भएको बताउनुभयो ।

थरुहट मधेस संयुक्त संघर्ष समिति बाँकेका प्रवक्ता पशुपति दयाल मिश्रले भने आफूहरुको शान्तिपूर्ण धर्नामा प्रहरीले ढुंगा हानेको आरोप लगाउनु भएको छ । मश्रिले प्रहरी संयमित नभएपछि झडप भएको र त्यसमा आफ्ना एक दर्जन कार्यकर्ताहरु घाइते भएका जानकारी दिनुभयो ।

बुध, मंसिर १६, २०७२ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter