मोर्चा कार्यकर्ताले पेट्रोल तस्करीको आरोपमा रुपन्देहिका घिराउमाथि आगो लगाए


रुपन्देहि ,१६ मंसिर ।
पेट्रोल तस्करी गरेको भन्दै आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले रुपन्देहिका घिराउ यादवलाई पेट्रोल छर्केर आगो लगाएका छन् ।

रुपन्देही गाविस फर्सा्टिकर घर भएका ३० वर्षीय घिराउलाई सनई ९ पडरीमा स्थानीय मोर्चाका कार्यकर्ताले शरिरमा पेट्रोल छर्केर आगो लगाएका हुन् ।

घाइते भएका यादवको पृथ्वीचन्द अस्पतालमा उपचार भइरहेको छ । घाइते यादवको अवस्था गम्भीर रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट मोहम्मद नुरुल होदाले जनाए ।

जिल्लाको सनई(९ पडरीमा आफ्नो फुपुको घरबाट मोटरसाइकलमा फर्कने बेला पेट्रोल लगेको भन्दै मोर्चाका कार्यकर्ताले यादवको शरिरमा पेट्रोल छर्कि आगो लगाएको उनकी फुपु विन्द्रावतीले बताइन् ।
यादव राति फुपुको घरमा बसेको र बिहान घर फर्किरहेका थिए । उनी चढेको लु ३ प २०१७ नम्बरको मोटरसाइकल समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगो लगाउने समुहका दुई जना पक्राउ परेका स्थानीयले जनाएका छन् । पक्राउ मध्ये एक जना स्थानीय राजेश सैथवार रहेको र अर्कोको नाम नखुलेको प्रहरीले जनाएको छ ।

आगो लगाउने समूहको खोजी कार्य भइरहेको प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक उपाध्यायको भनाइ छ ।

मोर्चाको आन्दोलनको नाममा जिल्लामा अपराधीक गतिविधि बढ्दै गएको छ ।

बुध, मंसिर १६, २०७२ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया