सिरहामा विद्याथीहरुद्धारा मानव साङ्लो प्रदर्शन


सिराह, १६ मंसिर ।

मधेसको जारी आन्दोलनमा ऐक्यबद्धता जनाउँदै आज बिहान सिरहामा विद्याथीले मानव साङ्लो प्रदर्शन गरेका छन् ।

प्यावसन र एनप्यावसन सिरहाको आयोजनामा सिरहाको पूर्वी सीमा बलानदेखि पश्चिमी सीमा कमला खोला सम्म (५७ किलोमिटर) राजमार्गको छेउमा विद्यार्थीहरुले हात जोडेर साङ्लो प्रदर्शन गरेका हुन् ।

प्यावसन, एन प्यावसन र सामुदायिक स्कुलका करिब ५० हजार विद्यार्थीको सांलोमा सहभागिता रहेको प्याबसन सिरहाका सचिव उमेश चौधरीले जानकारी दिनुभयो । मधेस आन्दोलनको माग सम्बोधनमा राज्य पक्ष गम्भीर बन्नुपर्ने, विद्यार्थीको भयमुक्त पठनपाठनको ग्यारेन्टी हुनुपर्ने, सरकार उतरदायी बनलगायतका नारा लेखिएको पम्पप्लेटसहित विद्यार्थी साङ्लोमा सहभागी थिए ।

मधेस आन्दोलन एक सय दिन नाघिसक्दा पनि राज्य पक्ष सामाधान निकाल्न नसकेकोले दबाब स्वरुप विद्यार्थीको साङ्लो निकाल्नुपरेको प्याबसन सचिव चौधरीले बताउनुभयो ।

बुध, मंसिर १६, २०७२ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter