राजमार्गमा लागु गरेको विशेष सुरक्षा योजना प्रभावकारी नभएको व्यावसायीको गुनासो


काठमाडौ १६ मंसिर ।  

यातायात व्यावसायीहरुले राजमार्ग क्षेत्रमा सरकारले लागु गरेको विशेष सुरक्षा योजना प्रभावकारी नभएको गुनासो गरेका छन् । सरकारले राजमार्गमा कुनै अवरोध हुन नदिन एक साताअघि विशेष सुरक्षा योजना ल्याएको थियो ।

योजना लागु भएपछि पनि राजमार्गमा सहज रुपमा सवारी साधन सन्चालन गर्न नसकिएको यातायात व्यावसायीले बताएका छन् । आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले गाडीमा ढुंगा हान्ने काम गरिरहेकाले गाडी चलाउन समस्या भएको व्यावसायीको भनाई छ ।

सरकारले भनेजस्तो गाडी चलाउन विशेष सुरक्षा नपाएको उनीहरुले बताएका छन् । यता गृह मन्त्रालयले भने राजमार्गमा चल्ने गाडीलाई सुरक्षा दिईरहेको दाबी गरेको छ ।

मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले एउटा गाडीलाई मात्र सुरक्षा दिन समस्या हुने र एकै पटक धेरै गाडीलाई स्कर्टिङ गर्ने गरेकाले यस्तो गुनासो आएको हुन सक्ने बताउनुभयो ।

केही आन्दोलनकारीले लुकेर ढुंगा हान्ने गरेकाले छिटफुट रुपमा घटना भएको देखिएपनि सुरक्षा दिइरहेको उहाँको दाबी छ । तराईका जिल्लामा लामो समयदेखि जारी आन्दोलनका कारण यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

बुध, मंसिर १६, २०७२ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter