काग्रेसले नयाँ संविधानबारे जनतालाई सूचित गराउदै


काठमाण्डौ ,१६ मंसिर ।
नयाँ संविधानमा भएको व्यवस्थाबारे जानकारी दिन नेपाली काँग्रेस चितवनले आजदेखि साताव्यापी प्रशिक्षण सुरु गरेको छ ।

काँग्रेस चितवनका सचिव जितनारायण श्रेष्ठका अनुसार हरेक दिन केन्दीय नेताको सहभागितामा कार्यकर्ता प्रशिक्षण आयोजना गरिने जानकारी दिनुभयो ।

नयाँ संविधान र यसका अन्तरवस्तुका विषयमा कार्यकर्तालाई सूचित गराउन काँग्रेसका केन्द्रीय नेताहरुले आजदेखि २१ गतेसम्म प्रशिक्षण दिने कार्यक्रम राखिएको नेकाँ चितवनले जनाएको छ ।

कार्यकर्तामार्फत पनि जनतालाई संविधानका उपलब्धिबारे जानकारी दिने कार्यक्रमको उद्देश्य रहेको छ ।

बुध, मंसिर १६, २०७२ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया