देशका अधिकांश भागमा आज मौसम बदली हुने


काठमाडौ १६ मंसिर ।

काठमाडौ उपत्यका सहित देशका अधिकांश भागमा आज मौसममा पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमका केही भागमा वर्षाको सम्भावना छ ।

उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ भने काठमाडौं र पूर्वी क्षेत्रमा पनि विस्तारै बदली हुँदै जाने तथा क्षणिक वर्षा हुने सम्भावना रहेको मौसमविद शान्ति कँडेलले बताउनुभयो ।

मौसमविद कँडेलका अनुसार आज रातिसम्म पश्चिममा पूर्ण बदली रहने छ भने भोली बिहानी देखि मौसममा सुधार हुनेछ । मध्य र पूर्वी क्षेत्रमा भने शुक्रबारदेखि मात्रै मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।

बुध, मंसिर १६, २०७२ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार