सत्तारुढ,प्रतिपक्षी र मोर्चाबीच त्रिपक्षीय वार्ता हुदै , दलहरु आ आफ्नै अडानमा


काठमाण्डौ, १६ मंसिर ।

सत्तारुढ दल ,प्रतिपक्षी र आन्दोलनरत मोर्चाबीच आज पुन त्रिपक्षीय वार्ता हुदैछ ।

प्रधानमन्त्री केपि ओलीको आह्वानमा यस अघि भएको वार्तामा दलहरुको आ आफ्नै अडानका कारण सहमती हुन नसकेपछि आज पुन त्रिपक्षीय वार्ता हुन लागेको हो ।

आजको बैठकमा आन्दोलनरत मधेशी मार्चाले पेश गरेको ११ बुदे मागका बिषयमा सत्तारुढ नेकपा एमाले, एनेकपा माओवादी र प्रमुख पतिपक्षि नेपाली कांगेस तथा मधेसी मोर्चाविच छलफल हुनेछ ।

प्रमुख तीन दलले बिभिन्न चरणमा गरेको आन्तरिक तथा द्धिपक्षीय छलफलमा मोर्चाको मागका बिषयमा लचिलो हुने निर्णय गरेपनि सिमाङकनका बिषयमा भने आज सहमती हुन नसक्ने नेताहरुले बताएका छन् ।

एमाले सचिव प्रदिप ज्ञवालीका अनुसार आजको बैठकमा सिंमाङकनबाहेक मोर्चाको ११ बुदे मागमा सहमती हुने बताउनु भयो । झापा देखि कन्चनपुर मिलाएर मधेशमा दुई प्रदेश हुने गरि सिमांकनमा सहमती भने नहुने स्पष्ट पार्नु भयो ।

सिमासँग जोडिएका केहि बिषयमा हेरफेर गर्न पर्ने भए सिमांकनमा पनि केहि लचिलो भई संघिय आयोगबाट हल गर्न सकिने एमालेको बटमलाई रहेको सचिव ज्ञवालीले बताउनु भयो ।

एमाओवादीले भने आजको बैठकमा हिजोको केन्द्रिय समितिमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको आठ प्रदेशको खाका विकल्पका रुपमा प्रस्तुत गर्ने पार्टि प्रवत्ता दिनानाथ शर्माले बताउनु भयो ।

प्रतिपक्षी काग्रेसले पनि मोर्चाका मागमा केहि लचिलो हुने जनाएको छ ।

मधेशी मार्चाले भने आफ्ना ११ बुदे माग मध्ये मधेशमा दुई प्रदेश हुने गरि सिमांकन हेरफेरलाई नै बटमलाई बनाउने जनाएको छ । मोर्चाका तर्फबाट वार्तामा दोस्रो तहका नेताहरु मात्र सहभागी हुने जनाईएको छ ।

दलहरुको आ आफ्नै अडानका कारण आज पनि सहमती हुने सम्भावना न्युन छ ।

बुध, मंसिर १६, २०७२ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter