बुधबार सरकार र मधेशी मोर्चा बीच सहमतिको संभावना ?


मसीर १५ काठमाण्डौं ।
नेपालमा हरेक निर्णायक वार्ता र सहमति प्रायः राति हुने गरेको छ । सरकारलाई नाकाबन्दी झेल्न समस्या परेको र मधेशी मोर्चालाई आन्दोलन थेग्न समस्या परेको सन्दर्भमा बुधबार साझ हुने वार्ताले सकारात्मक रुप लिन सक्ने अनुमान गरिएको छ ।
अनौपचारीक रुपमा मधेशी मोर्चाको तर्फबाट तीन दल र सरकार सग‘ आएको प्रस्ताव औपचारीक रुपमा पनि आए झापा, मोरङ, सुनसरी , कैलाली र कन्चनपुर बाहेकका जिल्लाहरु मध्य पर्सादेखि सप्तरी सम्म र नवलपरासीदेखि बर्दिया सम्म गरी दुई प्रदेश मधेशमा राख्ने र विवादीत जिल्लाहरुको भूभाग तल्लो माथिल्लोमा मिलाएर टुंग्याउन सयन्त्र बनाएर जाने गरी सहमति गर्न सकिने प्रस्ताव आएको स्रोतको दावी छ ।
मधेशी मोर्चाको यस्तो प्रस्तावमाथि प्रधानमन्त्री केपी शर्मा ओली समेत लचिलै भएर प्रस्तुत हुने पक्षमा रहेको र काग्रेस पनि लचिलो हुन तयार देखिएकाले साथै माओवादी यस अघि नै लचिलो हुने भनि सकेकाले आईब्रेककै रुपमा अन्य विषय थाती राखेर भए पनि जान सकिन्छ कि भनेर टेलिफोनबाटै समेत नेताहरुका बीचमा कुराकानी भईरहेको बुझिएको छ । औपचारीक रुपमा भने मधेशी मोर्चाले ११ बुदे प्रस्तावमा आधारीत भएर मात्रै सहमति हुने भनेको छ ।यस वार्तामा दुवै तर्फबाट शीर्ष नेताहरु सहभागी हुने छन् ।

मङ्ल, मंसिर १५, २०७२ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter