भट्टराई माक्र्सवाद माओवादको विरुद्धमा लागेकाले भण्डाफोर गरौं : दाहाल


मंसीर १५ काठमाण्डौं । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले बाबुराम भट्टराईले पार्टी परित्याग गर्नु नियोजित रहेको भन्दै उनले माक्र्सवाद लेनिनवाद र माओवाद छाडेर नया शक्तिको नाममा पूजीवादी सुधारवाद तर्फ अघि बढेकाले सतर्कताका साथ भण्डाफोर गर्न नेता कार्यकर्तालाई निर्देशन दिनु भएको छ ।
आज देखि शुरु भएको केन्द्रीय समितिको बैठकमा दाहालले पेश गरेके २७ पृष्ट लामो राजनीतिक दस्तावेजमा बाबुरामबारे निकै कडा टिप्पणी गर्दै उनले जनयुद्ध, शहीद, घाईते, वेपत्ता योद्धाहरु र श्रमजीवी जनतालाई त्यागेर अवसरवादीहरुसग साठगाठ गर्न पुगेको उल्लेख गर्नु भएको छ ।
दाहालले पार्टीलाई रातो स्टीकर टासेको घर र आफूलाई अख्तियारले समात्ने भन्ने कुरा गर्नु देशी विदेशी प्रतिकृयावादीको मिसनसग‘ मेल खाने भएको र त्यो बाबुरामले अभिव्यक्ति दिएको भन्दै यो निकै गंभीर रहेको बताउनु भयो ।
सविधान जारी गरेर भारतले नाकाबन्दी लगाए पछि एकाएक आएको राजीनामाले गंभीर संकेत गरेको भन्दै सचेत रहनु पर्नेमा जोड दिईएको छ । पार्टीमा आउन चाहने सबैलाई लिएर जाने तर बाबुरामसग‘ जानेलाई छाडेर संगठनलाई गति दिनु पर्नेमा दाहालको जोड रहेको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् ।
बुधबारबाट केन्द्रीय सदस्यहरुले दाहालको प्रतिवेदनमाथि आ आफ्नो धारणा राख्ने क्रम शुरु हुने छ ।

मङ्ल, मंसिर १५, २०७२ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter