दशौ दिनपनि सप्तरीमा स्वास्थ्य सेवा ठप्प, विरामीको विचल्ली


राजविराज, १५ मंसिर । प्रहरीले अस्पताल भित्र पसेर कुटपिट र दुब्र्यवहार गरेको भन्दै जिल्लाभरीका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि विगत १० दिनदेखि सप्तरीको स्वास्थ्य सेवा ठप्प भएको छ । राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालका स्वास्थ्यर्की तथा कर्मचारीलाई प्रहरीले कार्यस्थलमै कुटपिट गरेको भन्दै गत आईतवारदेखि उनीहरुले थालेको आन्दोलन आज पनि जारी छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी भिमप्रसाद ढकाल, डिएसपी नारायण चिमरीया र सशस्त्र प्रहरी वल सिमा सुरक्षा कार्यालय राजविराजका एसपी दमन थापाको निलम्वन सहितका तीन सुत्रिय माँग राखि निजामति कर्मचारी सहित जिल्लाभरीका स्वास्थ्यकर्मी आन्दोलनमा लागेपछि स्वास्थ्य सेवा प्रभावित भएको हो । आन्दोलनकारी स्वास्थ्यकर्मी र कर्मचारीहरुले सुरक्षाको ग्यारेण्टि तथा घाईते स्वास्थ्यकर्मी र कर्मचारीको उपचार र क्षतीपुर्तिको माँग समेत अघि सारेका छन् ।
गत आईतवार (मंसिर ६ गते) भएको उक्त घटनापछि स्वास्थ्यकर्मी तथा निजामति कर्मचारी सम्वद्ध विभिन्न २२ वटा संघसंगठनको संयुक्त वैठकले माग पुरा नभएसम्म जिल्ला भरका स्वास्थ्य संस्था र कार्यालय ठप्प पारी धर्ना वस्ने निर्णय गरेपछि आन्दोलनका कार्यक्रम सुरु गरिएको हो ।
स्वास्थ्य क्षेत्रमा प्रहरीले गरेको हस्तक्षेप र कुटपिटको विरोधमा सगरमाथा अञ्चल अस्पतालको आकस्मिक सेवा टेण्टमा संचालन भईरहेको छ भन्ने अन्य सेवा पुर्ण रुपमा ठप्प पारीएको अस्पताल श्रोतले जनाएको छ । सातदिन अघि सिडिओ नारायण भट्ट धर्नास्थलमै पुगि आन्दोलनरत स्वास्थ्यकर्मीहरुसँग वार्ता गरी अविलम्व समस्या समाधान गर्ने आश्वासन दिएपनि हालसम्म कुनै पहल नगरेको अस्पताल निमित्त मेडिकल सुपरिटेण्डेण्ट दिपा यादवले वताईन् ।
उनले प्रहरी ज्यादती विरुद्ध आफुहरुले अघि सारेको माँग पुरा नभएसम्म आन्दोलनका कुनै पनि कार्यक्रम नरोकीने र जिल्ला भरीको स्वास्थ्य सेवा ठप्पनै राख्ने अडान दोहो¥याएकी छिन् ।
यता, संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाले थालेको आन्दोलनका कारण लगातार १ सय १०औं दिन पनि सप्तरीको जनजिवन असज छ । दशै, तिहार र छठ पर्वसँगै खुल्न थालेको वजार पनि गत ६ र ७ गते भएको घटनाका कारण वन्द भएका छन् ।
सरकारी कार्यालय र वैंक तथा वित्तिय संस्थाको कामकाज साउनको अन्तिम सातादेखिनै ठप्प छ । मधेशी मोर्चाले भने माग सम्वोधन नभएसम्म आन्दोलनका कार्यक्रम नरोकीने भन्दै दैनिक विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ ।

मङ्ल, मंसिर १५, २०७२ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter