विगतको जनयुद्ध चलचित्रको मध्यान्तर मात्र ?


बिर्तामोड मंसीर १५ । बिप्लव सम्बद्ध नेकपा माओवादीका पोलिटब्युरो सदस्य सन्तोष बुढामगरले प्रचण्डको नेतृत्वमा भएको जनयुद्ध भनेको चलचित्रको मध्यान्तर मात्र भएको बताएका छन् ।
झापाको बिर्तामोडमा राष्ट्रिय युवा जनस्वयमसेवकको केन्द्रीय समितिले आयोजना गरेको एकिकृत युवा अभियानको उद्घाटन गर्दै मंगलवार मगरले चलचित्रको मध्यान्तरपछिको महत्वपुर्ण खेलको जिम्मेवारी बिप्लव माओवादीको काधमा आएको बताउदै देशमा राष्ट्रियता भएकाहरु एक ठाउमा उभिनुको बिकल्प नभएको बताए ।

जनसरकार प्रमुख समेत रहेका मगरले नेपालका लागि भारत रोग भएको भन्दै रोग पत्ता लागेपछि त्यसको उपचार गर्न जरुरी भएको र भारतले गदै आएको कार्यशैलीको बिरुद्ध जस्तोसुकै लडाई नार्न पछि नपर्ने त्यसका लागी युवा सक्ती एक जुट भएर लाग्न आग्रह गरे । देशमा एकिकृत क्रान्तिको नेतृत्व बिप्लव माओवादी बाहेक अरु कसैले गर्न नसक्ने समेत मगरको भनाइ थियो ।
नेकपा माओवादीका जिल्ला सेक्रेटरी बिवस किरातीले सञ्चालन गरेको कार्यक्रममा माओवादी मेची ब्योरो इन्चार्ज राजेन्द्र कार्की (नविन), अखिल नेपाल किसान संघ क्रान्तिकारीका केन्द्रिय महासचिव मिन प्रकास पोख्रेल, अखिल क्रन्तिकारीका केन्द्रिय सचिवालय सदस्य सुमनसिंह पौडेल, लगायतले बोलेका थिए ।
यो अभियान आगामी माघ १५ सम्म सञ्चालन गरिने र अभियानका क्रममा भारतीय नम्बर प्लेटका सवारीसाधन नेपाल प्रवेस गरेमा आगो लगाउने समेत पार्टीले जनाएको छ ।

मङ्ल, मंसिर १५, २०७२ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter