कांग्रेसले राजधानीमा दवाव रयाली गर्ने


काठमाडौ,  मंसिर १५ ।

नेपाली कांग्रेसले भोली राजधानीमा बृहत दवाव र्रयाली निकाल्ने भएको छ ।

मुलुकमा बढेको कालोबजारी नियन्त्रण र मधेस आन्दोलन समाधानको लागि दवाव दिन रयाली निकालिने काठमाडौं काग्रेस सभापति भीमसेन दास प्रधानले जानकारी दिनुभयो ।

अधिकार, न्याय र शान्तिको लागि दबाब नाम दिइएको र्यालीमार्फत मधेस समस्या तत्काल संबाद मार्फत हल गर्न र सरकारबाट संरक्षित कालोबजारीलाई तत्काल नियन्त्रण गर्न दवाव दिने उद्देश्य रहेको सभापति प्रधानले बताउनु भयो ।

उहाका अनुसार दवाव र्याली भोली दिउँसो १ बजे शान्ति बाटीकाबाट सुरु हुने छ ।

मङ्ल, मंसिर १५, २०७२ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter