असुरक्षित यौन सम्पर्कले एचआइभीको सङ्क्रमण बढ्दै ,मोरङ्गमा ९३ जना संक्रमीत भेटीयो


मोरङ , १५ मङ्सिर आज विश्व एड्स दिवस, प्रत्येक वर्ष डिसेम्बर १ तारिखका दिन विश्वभर मनाइने एड्स दिवस नेपालमा पनि मनाउने गरिएको छ ।
यस वर्ष एड्सविरुद्धको विश्व अभियानअन्तर्गत ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि एड्स महामारीको अन्त्य’ भन्ने नाराका साथ आज एड्स दिवस मनाईदैछ ।
दिवसको अवसरमा सन्देश दिनुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले एचआइभी परीक्षण सेवा जोखिममा परेका समुदायको पहुँचमा पु¥याई सबै सङ्क्रमितलाई उपचारको दायरामा ल्याउनुपर्ने बताउनुभएको छ ।
ओलीले औषधि उपचार सेवा एन्टिरेट्रोभाइरल (एआरभी)लाई विस्तार गर्दै सङ्क्रमण देखिएका सबै सङ्क्रमितको घरदैलोमा पु¥याउन हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।
दिवस मनाउन लागेको २८ वर्ष पुग्दा पनि नेपालले थुप्रै समस्याको सामना गर्नुपरेको बताउँदै उहाँले अबका दिनमा राष्ट्रिय एड्स परिषद् पनि थप सबल हुने बताउनुभयो

यसैबीच मोरङमा एक वर्ष्भित्रमा ९३ जना एचआइभी सङ्क्रमित फेला परेका छन् । जिल्ला एड्स समन्वय समिति मोरङका संयोजक झमक भट्टराईका अनुसार यौनकर्मीको असुरक्षित यौन सम्पर्कबाट सर्ने दर बढी देखिएका छन् ।

९३ जनामध्ये २४ जनालाई शारीरिक सम्पर्कबाट सङ्क्रमण भएको खुल्न आएको छ । जिल्ला एड्स समन्वय समिति, मोरङको तथ्याङ्कअनुसार २६ गृहिणी र नौजना बालबालिका यो रोगबाट ग्रसित छन् ।

विसं २०४७ यता जिल्लामा एक हजार ३३९ जनामा रोगको सङ्क्रमण देखिएको छ । गत वर्षमात्रै मोरङमा एचआइभी एड्सका कारणले नौजनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ ।

मोरङका प्रमुख सहरी क्षेत्रका होटलमा गरिएका असुरक्षित यौन सम्पर्कबाट एचआइभीको सङ्क्रमण सरेको संयोजक भट्टराईको भनाइ छ ।

मङ्ल, मंसिर १५, २०७२ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया