निगमले आज पनि इन्धन वितरण गर्दै


काठमाडौं,१५ मंसिर । 

नेपाल आयल निगमले आज काठमाडौं उपत्यकासहित , काभ्रे र सिन्धुपाल्चोक गरि विभिन्न ५० वटा पम्पबाट पेट्रोल र डिजेल वितरण गर्दैछ ।

अत्यावश्यक तथा सार्वजनिक गाडीलाई निश्चित बार र ठाउँबाट तेल बिक्री गर्दै आएको आयल निगमले निजी गाडीका लागि हरेक दिन निश्चित परिमाणमा तेल वितरण गर्दै आएको छ ।

निगमले आज तामाकोशी हाइड्रोलाई ६ किलोलिटर इन्धन दिने भएको छ । तर मागभन्दा निकै कम वितरण गरिने भएकाले थोरै गाडीले मात्र इन्धन भर्न पाउने गरेका छन् ।

निगमले आफ्नो वेबसाइट तथा सार्वजनिक सूचना मार्फत इन्धन वितरण हुने पम्पहरुको जानकारी गराउने गरेको छ ।

मङ्ल, मंसिर १५, २०७२ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter