सरकारी गाडी लिएर पिकनिक (फोटो फिचरसहित)


सदरमुकामखादबारीमा रहेका सरकारी कार्यालयका लेखापाल(एकाउन्टेन्ट) हरु सरकारी गाडी लिएर शनिबार पिकनीक खान निस्केका छन् ।

बिदाको मौका छोपेर सरकारी कार्यालयका लेखापालहरु सेतो नम्बर प्लेटका गाडी लिएर पिनीक गएका हुन् । यो तस्बिरमा पनि तपाइरु हेर्न सक्नुहुन्छ, सेतो नम्बर प्लेटका गाडी कति छन् भनेर ।

सरकारी डिजेल खर्चिएर चरम सरकारी पैसा दुरुपयोग गर्ने यी लेखापालहरुलाई कसले कारबाही गर्ने ?, स्थानीयबासिन्दाहरुले प्रश्न उठाएका छन् ।

सरकारी गाडीको चरम दुरुपयोग गरेर पिकनिक जानु लाज लाग्नु पर्ने बिषय हो, यसलाई अख्तियार सम्म पु¥याउनु पर्छ नेत्र बिक्रमचन्द नेतृत्वको माओवादीका एक जिल्ला स्तरका नेताले भने, यो भन्दा चरम भष्टाचार खुले आम कता होला।

यीनीहरुलाई कारबाही गर्नु पर्छ, उनले भने, यो ठूलो दुरुपयोग हो । उनले सरकारी गाडीको नक्बर टिपेर अख्तियारमा उजुरी पठाउने बताए ।

लेखापालहरु खादबारी नगरपालिकाको सेकाहामा रहेको माथिल्लो गुम्बामा पिकनीक खान सरकारी गाडी लिएर गएका हुन् ।

आइत, चैत्र २२, २०७१ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य देश/राजनीति समाचार

Like us On Facebook

Follow Us On Twitter