बन्दले देशभरको जनजीवन ठप्प, एका बिहानै आगजनी र तोडफोड


एकीकृत माओवादी नेतृत्वको ३० दलीय विपक्षी मोर्चाले आह्वान गरेको देशव्यापी आम हड्तालका कारण जनजीवन प्रभावित भएको छ ।

आम हड्तालको पहिलो दिन मंगलवार विहानैदेखि काठमाडौ लगायतका देशभरका मूख्य शहरहरुमा यातायात ठप्प भएको छ भने पसलहरु भने छिटफुट खुलेका छन् ।

मोर्चाले पहिचानकोआधारमा संघीयता र अधिकार सहितको सङ्घीय संविधान निर्माण गर्नुपर्ने, आन्दोलनबाट प्राप्त गरेका उपलब्धिहरूको रक्षा गर्नुपर्ने, सङ्घीयता, गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक–समावेशी प्रतिनिधित्व, आन्दोलनका उपलब्धिहरू संस्थागत गराउनुपर्ने लगायतका १५ बुँदे माग राखेर तीनदिने आमहड्ताल आब्हान गरेको हो ।

यसैबीच बन्दका क्रममा बन्दकर्ताले कोटेश्वर बालकुमारीमा आज विहानै पार्किङ  गरिराखेको  बा १ ज १८७७ नम्बरको ट्याक्सीमा आगजनी गरेका छन् । आगजानीबाट ट्याक्सीमा क्षति पुगेको छ । ललितपुरबाट गएको दमकलले आगो नियन्त्रणमा लिएको थियो ।

 

यसैगरी अान्दाेलनकारीले हनुमानथानस्थित भाटभटेनी नजिकै एउटा मोटरसाइकलमाथि अागजनी गरेका छन् । बा ६६ प ७२०६ नम्बरको मोटरसाइकलमा अागजनी गरेका हुन् । बन्दकर्ताले एउटा बसमा पनि क्षति पुर्याएका छन् ।

सवा ५ बजेतिर नै बन्दकर्ताले पेट्रोल छर्केर ट्याक्सी र बसमा आगजनी गरेको प्रहरीले जनाएको छ। त्रिभुवन विमानस्थलमा आफन्तलाई पुर्याएर ललितपुरतर्फ फकिरहेका हेटौँडा निवासी नीरज बानियाँको ट्याक्सीमा आन्दोलनकारीले पेट्रोल छर्किएर आगजनी गरेका हुन् ।

मङ्ल, चैत्र २४, २०७१ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter