कुटनीतिक राहदानी किर्ते गरी प्रयोग गर्ने पक्राउ


काठमाडौं, २७ चैत ।

कुटनीतिक राहदानी किर्ते गरी प्रयोग गर्ने कार्यमा संलग्न रही फरार म्याग्दी मल्कावाङ्ग गाविस–५ वतन हुने ३२ वर्षीया सिता छन्त्याल भन्ने लिला छन्त्याललाई काठमाडौं महानगरपालिका–२७ बाट शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

तत्कालिन माननिय संबिधानसभा सदस्य २८ वर्षीया गायत्री साहको राहदानी नम्बर ०१९८२७ को कुटनीतिक रातो राहदानी दुरुपयोग गरेको अभियोगमा अपराध अनुसन्धान पश्चात मुद्धा दायर गरिएको थियो ।

उक्त राहदानीमा आफ्नो फोटो टाँस गरी अष्ट्रेलिया जानको लागि गएकी छन्त्याललाई आबुधावीबाट डिपोर्ट गरी नेपाल फर्काइएकोमा एयरपोर्टबाटै फरार भएकी थिइन् ।

छन्त्याल उपर प्रहरीबाट थप आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।

शुक्र, चैत्र २७, २०७१ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया