दुई बस ठोक्किदा २ को ज्यान गयो, ३१ घाईते


मोरङ  २७ चैत ।

मोरङ नेमुवामा दुई बस ठोक्किँदा २ जनाको ज्यान गएको छ । दुर्घटनामा परी ३१ जना घाईते भएका छन । ज्यान गुमाउने हरुको पहिचान हुन सकेको छैन ।

कोशी राजमार्गको विराटनगर–इटहरी सडक खण्डअन्तर्गत विराटनगरवाट खाँदबारीका लागि छुटेको को १ ख ३८०५ नम्बरको वस र उदयपुरको वेलटारबाट बिराटनगरका लागि छुटेको को १ ख ४१९० नम्बरको बस ठोक्किर भएको दुर्घटनामा दुई जनाको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।

अत्याधिक गतीका कारण भएको दुर्घटनाका कारण दुर्घटना भएको बताईएको छ ।घाईतेहरुको विराटनगरको नोवेल, गोल्डेन, विराट र न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

शुक्र, चैत्र २७, २०७१ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य देश/राजनीति समाचार

Like us On Facebook

Follow Us On Twitter