राजनितिले गर्नुगर्यो गाउँ गाउँका निमाविमा पनि हंगामा


अछाम २७ चैत ।

राजनैतिक भागबण्डा नमिल्दा अछामको सरस्वति निमावि विनायकको व्याबस्थापन कार्य लामो समयदेखि अन्योलमा परेको छ । विध्यालय व्याबस्थापन समीति को पुरानो समीति ले राजिनाम दिएको लामो समय भैसक्दा पनि अर्को वयबस्थापन समीति गठन कार्य अन्यौलमा परेको हो ।

बिद्यालय अभिभावकहरुले पुरानो समितिले बिद्यालयको अहितमा कार्य गरेको भन्दै पुरानो समितिलाई राजिनामा मागेको हुन । पुरानो समीतिले राजिनामा दिएको ३ महिना पुरा हुदा पनि रानैतिक दलहरु विचको विवादले अर्को समीति गठनकार्य लम्विदै गएको छ ।

बिद्यालय ब्यबस्थापन समिति गठनको लागि पटक पटक प्रयास गर्दापनि विवादका कारण गठन हुन सकेको छैन । बिद्यालयको व्यबस्थापन कार्य अन्यौलमा हुदा विध्यार्थिको भविस्यपनि बिग्रिने डर भएको अभिभावक भिम नेपालिको भनाई छ ।

बिद्यालय व्याबस्थापन समितिको अध्यक्षका लागि विभिन्न राजनैतिक दलहरुको आ-आफ्नै अडानका कारण कार्य ढिलाई भएको छ ।

आज सम्म विद्यालय ब्यबस्थापन समिति गठन कार्य नभएकाले अब जिल्ला शिक्षा कार्यालय अछामले प्रकृयाबाट भएपनि गठन गर्ने जि.शि.का अछामका बिद्यालय निरीक्षक विस्वराज ढकालले बताएका छन् ।

शुक्र, चैत्र २७, २०७१ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter