एउटा व्यक्तिको नेतत्वको विषय मुख्य हैन


० विशेषत: माओको मृत्युपछि विश्व कम्युनिस्ट आन्दोलनमा नेतृत्वको संकट परेको कुरालाई तपाई स्वीकार गर्नुहुन्छ कि हुन्न ?
सैद्धान्तिक रुपमा केही समस्याहरु देखा परेका छन् । तैपनि एउटा व्यक्तिको नेतत्वको विषय मुख्य हैन । त्यो माओको कालमा पनि केही समस्याहरु थिए, लेनिनको स्टालिनको पालामा पनि थिए । अहिले पनि ती समस्याहरु छन् । चीनमा सांस्कृतिक क्रान्तिको पतनपछि विश्वको कम्युनिस्ट आन्दोलन अत्यन्त गम्भीर स्थितिमा पुगेको हो, रक्षात्मक स्थितिमा पुगेको छ । त्यसकारण यो कुनै नेतृत्वको प्रश्न मात्र नभएर समग्र कम्युनिस्ट आन्दोलनमा नै कमजोरी भएको छ र त्यो नै मूख्य समस्या हो ।

० नेतृत्व बाहेक अन्य कमजोरी के के हुन् त ?

मूख्य कमजोरी भनेकै विश्व समाजवादी व्यवस्थाको नै पतन भयो । रुस, चीन, कोरिया, भियतनामलगायतका मुलुकमा स्थापित समाजवादी व्यवस्था शक्तिशाली अवस्थामा थियो, त्यो व्यवस्था पतन भयो । पछिल्लो गड चिनियाा समाजवादी व्यवस्था थियो, सांस्कृतिक क्रान्तिमार्फत त्यसलाई बचाउने प्रयत्न भयो तर माओको मृत्युपछि त्यो पनि असफल भयो । त्यसैले विश्व समाजवादी व्यवस्था ढलेको हुनाले नै विश्व कम्युनिस्ट आन्दोलन कमजोर बनेको हो । केवल नेतृत्वको समस्या मात्र भन्दापनि सैद्धान्तिक र राजनीतिक विषयहरु पनि जोडिएका छन् । कम्युनिस्ट आन्दोलनमा स्वयं माओ र स्टालिनबाट भएका कतिपय कमजोरीहरु पनि छन् । समग्रमा भन्नुपर्दा धेरै चीजहरुले विश्व कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाएको हो ।
नेतृत्व पनि आन्दोलनको एउटा महत्वपूर्ण हिस्सा हो । तर नेतृत्व सम्पूर्ण पक्षसाग जोडिएको भने हुन्छ । राजनीतिक सांगठानिक बस्तुगत परिस्थितिसाग गएर नेतृत्व जोडिन्छ । अनुकुल परिस्थितिमा काम गर्न सजिलो भएपनि प्रतिकुल अवस्थामा राम्रो नेतृत्वले मात्र काम गर्न सक्छ । जस्तो उदाहरणको लागि लेनिनको पालामा समाजवादी क्रान्ति सफल हुन सक्यो । तर माक्र्सको पालामा हुन सकेन किन ? यसको अर्थ लेनिनको भन्दा माक्र्सको भूमिका, नेतृत्व कमजोर छ भन्ने होइन नि । त्यसकारण नेतृत्वको कुरा मात्र भन्दा पनि परिस्थितिले पनि महत्वपूर्ण भूमिका खेल्छ ।
लेनिनको पालमा साम्राज्यवादमा आएको विकास अनि त्यसमा आएको संकट, माक्र्सवादको पालादेखि विकास भएको कम्युनिस्ट आन्दोलन र त्यसले तयार बनाएको परिस्थिति आदि कारणले लेनिनलाई बढी आधार तयार भएको थियो, समाजवादी क्रान्ति सम्पन्न गर्न । त्यसकारण नेतृत्व महत्वपूर्ण हिस्सा त हो तर वस्तुगत परिस्थिति, सैद्धान्तिक राजनीतिक, दृष्टिकोण आदि विषयहरु पनि सागसागै जोडिएर आउाछन् ।

० नेतृत्वका समस्याहरु पनि कारक होलान् नि आन्दोलन अगाडि बढ्न नसक्नु र टिक्न नसक्नुमा ?
नेतृत्वमा हुने समस्याहरुमा सबैभन्दा सिद्धान्त, दृष्किोण, कार्यदिशाको कुरा हो । नेतृत्वले यी विषयहरु दिन सक्नुपर्ने हुन्छ । तरपनि नेतृत्वमा आफ्ना आफ्ना विशेषताहरु हुन्छन्, समस्याहरु हुन्छन् अनि कमजोरी पनि हुन्छन् । मूख्यत: नेतृत्वमा क्रान्तिप्रति पूर्ण समर्पित भावना हुनैपर्छ । कतिबेला के हुने हो त्यसमा सही बस्तुको सही विश्लेषण र आकंलन हुन सकेन भने आन्दोलनमै ठूलो समस्या आउाछ । अर्को कुरा वर्गीय हित हो । सर्वहारावर्गको, क्रान्तिको, समाजवादको पक्षमा काम गर्नेभन्दा पनि व्यक्तिगत रुपमा सोच्ने, बुर्जुवाप्रकारले काम गर्ने शैली संस्कारमा आउने रोग पनि देखियो । जब यो समस्या देखिन्छ, त्यसबेला नेतृत्व पतनको महत्वपूर्ण शुरुवात त्यहीबाट हुने गरेको पाइन्छ । क्रान्तिका निम्ति, आप्लनो वर्गका निम्ति भन्दापनि आफ्नो व्यक्तिगत काम गर्ने सोचाईले समस्या पैदा गरेको हो । यी त भए व्यक्तिगत दृष्टिकोणका कुरा । त्यो बाहेक हामीले नेतृत्वका विषयमा ख्याल गर्ने विषय के हो भने सैद्धान्तिक आधारलाई सही अर्थमा बुझ्ने क्षमता, अर्को वस्तुगत परिस्थितिलाई सही अर्थमा बुझ्ने र त्यही अनुरुपको कार्यनीति निर्माण गर्ने क्षमता । यी दुवै चीज मिलाएर नै सही कम्युनिस्ट नेतृत्वको विकास हुने हो ।
कयौंपल्ट नेतृत्वबाट के कमजारी हुन्छ भने या उनीहरुले बढी आत्मगत प्रकारको सोचाई हुन्छ, सैद्धान्तिक पक्षहरुलाई बढी जोड दिने या सैद्धान्तिक पक्षभन्दा अन्य विषयमा बढी केन्द्रीत हुने मुल सैद्धान्तिक विषयहरुमा ध्यान नपुग्ने समस्याहरु पनि देखिन्छन् ।
आन्दोलनकै बखत पनि बारम्बार जोड दिइएको विषय के हो भने बस्तुगत र आत्मगत पक्ष दुवै स्थिति मूल्याकंन गरेर सही दिशा दिनसक्ने नेतृत्वमा क्षमता अनिवार्य चाहिन्छ । त्यो नहुादा कयौंपल्ट कम्युनिस्ट आन्दोलनले सेटव्याक खाएको हामीसाग प्रसस्त उदाहरणहरु छन् ।
अर्को आवश्यकता के हो भने कम्युनिस्ट पार्टी एउटा सर्वहारावर्गीय पार्टी हो । तर हाम्रोजस्ता देशमा त्यसको विकास भएको छैन । विजातीय वर्गहरुबाट, गैरसर्वहारावर्गबाट पार्टीभित्र कयौं किसिमका दुर्गन्धहरु देखापर्छन् । त्यस्ता खालका दुर्गन्धहरुका विरुद्ध सैद्धान्तिक रुपमा संघर्ष गर्ने कुरा पनि मूख्य रुपमा जोडिएर आउाछ । त्यो आाट पनि नेतृत्वले गर्न सक्नुपर्छ । जब पार्टीमा यस्ता खालका कैयौं कमजोरीहरु देखापर्छन्, त्यसलाई सैद्धान्तिक, बैचारिक, राजनीतिक रुपले हल गर्नसक्ने क्षमता पनि नेतृत्वमा हुन आवश्यक हुन्छ । यी यावत समस्याहरु पनि विश्व कम्युनिस्ट आन्दोलनमा र स्वयं नेपाली कम्युनिस्ट आन्दोलनमा पनि देखापरे ।
फेरि अर्को महत्वपूर्ण विषय भनेको निर्णायक घडीमा सम्झौता गर्ने प्रवृत्ति जो देखिएका छन् त्यो पनि गम्भीर समस्या हो । विश्व कम्युनिस्ट आन्दोलनमा वास्तवमा बाहिरको आक्रमणबाटभन्दा पार्टीभित्रकै समस्याले गर्दा आन्दोलनको पतन हुने गरेको छ । रुसमा, चीन, युगोस्लाभियामा कहाा बाह्य आक्रमण भएर समाजवादी व्यवस्था ढलेको हो र ? त्यसैले इण्डोनेशियाबाहेक अन्य मुलुकमा बाह्य आक्रमणबाटभन्दा आन्तरिक कारणले नै आन्दोलनको पतन भएको हो ।
नेपालमा पनि कुनै बाह्य आक्रमणबाट भन्दा पनि आफ्नै कमीकमजोरी भड््कावकाकारण आन्दोलन विभाजित हुने र कमजोर हुने स्थिति पैदा भएको हो । विजातीय गुण र गैरसर्वहारावर्गीय प्रवृत्तिमा हामीले स्पष्ट दृष्टिकोणको अभावले थप समस्या पैदा गरेको छ ।
त्यसकारण दृष्टिकोण, विचार, सिद्धान्तमा प्रष्ट हुनुका साथै संगठन प्रणालीको विषय पनि गम्भीर हो । संगठन प्रणाली पनि स्वत: स्फुर्तरुपले जथाभावी हैन कि गुणका आधारमा संगठन चल्नुपर्छ । माक्र्सको पालादेखि माओ हुादै विभिन्न आन्दोलनका चरणमा संगठनको प्रयोग र अभ्यास धेरै भए, त्यसैको निष्कर्षको आधारमा नभई अन्य तरिकाले बनाइने संगठन प्रणाली र पद्धतिले पनि आन्दोलनलाई अगाडि बढाउन अर्को समस्या पैदा गरेको छ । त्यही भएर केवल नेतृत्वको कुरा मात्र नभएर बस्तुगत परिस्थिति, सैद्धान्तिक परिस्थितिको सही मुल्यांकन पनि आन्दोलनमा गम्भीर रुपमा जोडिएर आउाछ । नेतृत्वले यी सबै विषयको मनन् गर्न आवश्यक हुन्छ । नेतृत्वले समर्पित भावना, सबै प्रकारको त्याग गर्न तयार हुनुपर्छ । व्यक्तिगत फाइदाहरु, सम्पति, चाहना, व्यक्तिगत पद त्याग्न सकेन भने, कयौं सफलताहरु प्राप्त गरेको भएपनि अन्तत: सबै गुमेर जान्छ र सिंगो आन्दोलन नै पतनको दिशामा जान्छ । जहाा जहाा यी समस्याहरु देखिएका छन् त्यहा त्यहाा कि त नेतृत्व समाप्त भएको छ या कयौं ठाउामा त्यस्ता नेतृत्वलाई फ्यााकेर आन्दोलनलाई अगाडि बढाएका उदाहरण विश्वमा धेरै छन् । तर कहीा त त्यो खालको नेतृत्वले कब्जा जमाउाछ, प्रभाव जमाउाछ र कम्युनिस्ट पार्टीलाई नै समाप्त पारिदिन्छ ।
रुस र चीनमा नेतृत्वकै समस्याले आन्दोलन पतन भयो भन्न खोज्नुभएको हो ?
कम्युनिस्ट आन्दोलनमा एउटा व्यक्तिले मात्र नेतृत्व गर्दैन, टीम नै हुन्छ । रुसमा पनि स्टालिनको तर्फबाट कतिपय कमजोरीहरु भएका छन् । चीनमा माओबाट पनि कतिपय कमजोरी भएका छन् । जस्तो उदाहरणको लागि रुपमा क्रान्ति सफल पार्न समाजको निर्माण गर्न महत्वपूर्ण भूमिका सागसागै अर्को ठूलो कमजोरी के रह्यो भने रुपमा समाजवादको विकास भएपछि उत्पादनका साधनहरुमाथि सामाजिक स्वामित्व कायम भइसकेकाले, वर्गको रुपमा पुाजिवाद र सामन्तवादको अन्त्य भइसकेकाले अब वर्गसंघर्षको आवश्यकता छैन भनियो । त्यो नै ठूलो गल्ति थियो । उत्पादनको स्वामित्वको दृष्टिकोणले पुाजीवाद समाप्त भएको देखे तर वितरणको क्षेत्रबाट नयाा प्रकारको पुाजीपतिवर्गको जन्म भइरहेको थियो त्यो देखेनन् । सम्पतिमा व्यक्तिगत स्वामित्व नभएपनि वितरण र भोग चलनमा त्यसको व्यक्तिगत स्वामित्व कायमै थियो । त्यो नयाा रुपमा विकास हुादैगयो अन्तत: नव पुाजीपति दृष्टिकोणको विकास भयो । त्यसको परिणाम स्वरुप समाजवादी व्यवस्था कमजोर हुादै गयो । बरु त्यहाा के जरुरी थियो भने समाजवादभित्र जन्मिएको पुाजिवादका विरुद्ध निर्मम संघर्ष थालिनुपथ्र्यो । सर्वहारावर्गीय अधिनायकत्व अझैं पनि जरुरी छ भन्ने दृष्टिकोण बनाएर जानुपथ्र्यो । त्यो हुन सकेन अन्तत: समाजवाद ढल्यो ।
त्यस्तै चीनमा पनि माओका तर्फबाट भएका कमजोरीहरु भए । खास गरेर मध्यपन्थी दृष्टिकोणको विषयमा माओको जुन कमजोरी रह्यो, हामीले भन्यौं, माओले मध्यपन्थीकाविरुद्ध संघर्ष गर्न सक्नुपथ्र्यो । त्यो बेला हामी एउटै थियौं । माओले दक्षिणपन्थी भडकावलाई देखे तर मध्यपन्थी धारलाई देख्न सकेनन् । चाऊ ला लुजस्ताको उनले विरोध गरेनन् । दक्षिणपन्थीहरु जस्तो तेङहरु, लु साव चीङका विरुद्ध संघर्ष त गरे । त्यसको परिणाम स्वरुप मध्यपन्थी शक्ति नै फेरि त्यहााको दक्षिणपन्थी पुनस्र्थापनाको माध्यम बन्यो । उनीहरुले क्रान्तिकारी आन्दोलन र तत्वलाई कमजोर बनाउने नै भए । अन्तत: क्रान्तिकारी पक्षधर शक्तिलाई कमजोर बनाउादै अहिले समाप्त भयो । माओको त्यो कमजोरीले चीनमा प्रतिक्रान्ति हुनको लागि त्यो कारण बन्यो । नेतृत्वबाट भएका यस्ता कमजोरीले क्रान्तिलाई नोक्सान पुग्छ ।
त्यस्तै त्यो बेला अन्तर्राष्टिय सम्मेलनले एउटा कमजोरी गर्यो, अन्तर्राष्टिय सबै पार्टीहरुले जब विश्वयुद्ध शुरु हुन्छ, हामी सबै देशका क्रान्तिकारी पार्टीहरुले क्रान्तिकारी गृहयुद्ध शुरु गरिदिनुपर्छ र पुजीवादलाई खत्तम गरेर समाजवाद ल्याउनुपर्छ भनेर निर्णय गरे । जब युद्ध शुरु भयो आफ्नो देशको सरकारलाई समर्थन गरे । प्राय: सबै मुलुकमा त्यस्तै भएपछि क्रान्तिकारी गृहयुद्ध त हावा उढ्यो । तर लेनिनले भने क्रान्तिकारी गृहयुद्ध नीति अपनाए, परिणाम स्वरुप रुसमा समाजवादी व्यवस्था आयो । रुसको भन्दा जर्मनी अन्य युरोपका मुलुकहरु धेरै शक्तिशाली थिए । यदि उनीहरुले त्यो गल्ती नगरेको भए हामीले समाजवादी क्रान्तिको लागि १९१७ पर्खिनुपर्ने थिएन । प्रथम विश्वयुद्धकै बेला समाजवादी क्रान्तिको सम्भावना थियो । युरोपका देशमाहरुमा समाजवादी क्रान्ति हुनुको अर्थ त्यसले विश्वव्यापी रुपमै समाजवादको माहोल निर्माण हुनुपनि हो । त्यसकारण नेतृत्वबाट हुने साना तिना कमजोरीले सिंगो आन्दोलनलाई ठूलो असर पार्छ । किनकी नेतृत्व केन्द्रमा हुन्छ, उसको बढी प्रभाव हुन्छ ।

नेपालको कम्युनिस्ट आन्दोलनमा पुष्पलालदेखि पुष्पकमलसम्मको नेतृत्वलाई कसरी लिनुभएको छ ?
हाम्रा मतभेदहरु राजनी    ति नै हुन् । नेपालमा पनि राज्यसत्ताको विश्लेषणकै विषयमा हो । अर्को कुरा अन्तर्राष्टिय कम्युनिस्ट आन्दोलनलाई हेर्ने दृष्टिकोणकै विषयमा पनि धेरै मतभेदहरु छन् । पुष्पलालसाग पनि हाम्रा कैयौ मतभेदहरु रहे । पुष्पलालको पिरियडमा खासगरी हाम्रा विभेदहरु नेपाली कांग्ेरसलाई हेर्ने विषयमा नै रहे । कांग्रेसलाई राष्टिय पुाजीवादी पार्टी, मित्रशक्तिको रुपमा व्याख्या गर्ने प्रवृत्तिलाई हामीले गलत भएको ठहर गरियो ।
हामीले नेपाली कांग्रेस वास्तवमा सामन्त र दलाल पुाजीवादी पार्टी हो भन्ने निर्णय गर्यौं । वर्गीय रुपमा राजाको वर्गीय आधार जे हो कांग्रेसको पनि त्यही हो भन्ने ठहर हाम्रो भयो । पुष्पलालहरुले पहिले कै सोचलाई पक्रेर बस्नुभयो । त्यही कारण वहाासाग हाम्रो तिव्र प्रकारको मतभेद रह्यो । पछि सबैले हाम्रो विश्लेषणलाई अपनाउादै गए । रुस र चीनमा चलेको दुईलाइन संघर्ष, चीनमा चलेको सांस्कृतिक क्रान्तिका विषयमा पुष्पलालजीको स्पष्ट दृष्टिकोण आएन । त्यसमा समन्वय गर्ने, मध्यस्तता गर्ने वहााको सोच थियो । त्यो सोचाई भारतको सिपीएमसाग मिल्न गयो । हामीले त्यो चिन्तनको खुलेर आलोचना गर्यौं । पछि वहाालाई हामीले गद्दार भनेर पनि विश्लेषण गर्यौं । पछि हाम्रो पार्टीले विश्लेषण गर्यो कि वहााको कतिपय आलोचना गरेपनि गद्दारी भन्ने विषय चााही ठीक भएन भनेर फिर्ता लियौं । त्यसो गरेर हामीले क गल्ती गरेका थियौं, भने नेपालको दुश्मन वर्ग पञ्चायत, राजाको विरुद्ध पुष्पलालजीको स्पष्ट अडान थियो, त्यसैले डेमोक्रेटिक मुमेन्टमा वहााको स्पष्ट अडान भएकाले यो पक्षलाई हामीले नजरअन्दाज गरेको महशुस गर्यौं । त्यसकारण वहाामाथि लगाईको गद्दारको विश्लेषणलाई हटायौं । तर समग्र आन्दोलनका विषयमा वहाासाग हाम्रा मतभेद भने कायमै थिए । यता मनमोहन अधिकारी, निर्मल लामा, मालेका साथीहरुसाग पनि बेलाबेलामा आन्दोलन र वर्गलाई हेर्ने विषयमा मतभेदहरु रहे ।
त्यसैगरेर अहिलेका माओवादी साथीहरुसाग पनि कयौं मतभेदहरु रहे । खास गरेर पााचौं महाधिवेशनमा धेरै प्रकारका मतभेदहरु भए । वहााहरुसाग मुख्य विवादको विषय के थियो भने मध्यपन्थी सोचाईका विषयमा हामीले के दृष्टिकोण अपनाउने ? कम्युनिस्ट आन्दोलनमा एउटा धार देखा परेको छ, भन्ने हाम्रो सोचाई थियो । क्रान्तिकारी सोचलाई विचारलाई तितरवितर पार्ने मध्यपन्थी सोचाई र धार छ भन्ने हाम्रो मतमा वहााहरु सहमत हुनुभएन । यही मतभेदले हामीलाई टाढा धकेलिरहेको थियो । पछि अर्को मतभेद के रह्यो भने महाधिवेशनका निर्णयहरु वहााहरुले उल्लंघन गर्न थाल्नुभयो । त्यसमा खासगरी रिमका साथीहरु पनि त्यो महाधिवेशनमा आएका थिए । रिमकै साथीहरुको उक्सावटमा उहााहरुले महाधिवेशनको निर्णयविरुद्ध अर्को निर्णय गरेर जानथाल्नुभयो । जस्तो कि श्रीलंकाको विषयमा पनि त्यहाा स्थानीय स्वायत्तताको माग गरिरहेका छन् त्यसलाई समर्थन गर्ने भन्ने महाधिवेशनको निर्णय थियो, तामिलहरुको हक र अधिकारलाई स्थापित गर्ने विषयमा सहयोग गर्नुपर्छ भन्ने हो । तर तामिलहरुको बेग्लै सत्ता माग्ने भन्ने जो माग हो श्रीलंकाजस्तो सानो मुलुककालागि त्यो उपयुक्त हुादैन भन्ने पार्टी निर्णयलाई वहााहरुले तोडेर त्यसका विरुद्ध वक्तव्य दिनुभयो । त्यतिमात्र हैन, रिमका साथीहरुले उचालेपछि महाधिवेशनले पारित गरेका प्रतिवेदनविरुद्ध वहााहरु जान थाल्नुभयो । त्यही नै वहाासाग विभाजनको रेखा कोरियो । त्यसकारण प्रचण्डजीहरुसाग विभाजनको स्थिति वहााहरु आप्नै कारणले भन्दा पनि रिमका साथीहरुको गलत भूमिका कारण विभाजनको स्थिति पैला भयो ।
रिममा आरसीपी अमेरिकाको जुन लाइन हो, त्यो ट्राटस्कीवादी लाइन थियो । रिमको सोचाईमा प्रचण्डहरु बढि प्रभावित हुनुभयो । त्यसैले वहााहरु शसस्त्र संघर्षमा जाने कारण बन्यो । रिमका साथीहरु आएर प्रचण्डजीहरुलाई छुट्टै भेटे र भने, नेपालमा अब सशस्त्र क्रान्तिको लागि आधार तयार भएको छ गर्नुहोस । प्रचण्डजीहरुले त्यो कुरालाई स्वीकार गर्नुभयो तर हामीले त्यो कुरालाई स्वीकार गरेनौं ।
मनमोहन, केशरजंग रायमाझीहरुलगायतका नेताहरुले पनि पार्टीको नीति विरुद्ध दुश्मनसाग सहकार्य गर्ने, बोल्ने कार्यले अन्तत: वहााहरुलाई पार्टीले कारवाही गर्यो, पछि अलग हुनुभयो । यसरी नेपालको कम्युनिस्ट आन्दोलनलाई विभाजनमा ल्याउन कैयौं विषय हाम्रा आन्तरिक मतभेदहरु कारण बनेका छन् भने कैयौं अन्तराष्टिय परिवेशले पनि काम गरेको छ ।

० नेपालका प्राय: कम्युनिस्ट नेताहरुको पनि तपाई गुरु मानिनुहुन्छ । तर सिंगो आन्दोलनलाई हेर्ने र हााक्ने विषयमा तपाईलाई सारसंग्रहवादीको रुपमा चिनाइन्छ नि । सैद्धान्तिक कुराहरुलाई ब्याख्या गर्ने कला भएपनि आन्दोलन हााक्ने कला छैन भनिन्छ नि तपाई के भन्नुहुन्छ ?
अहिले आन्दोलनबाट स्थापित भएका कयौं साथीहरुसाग पहिला सागै काम गरेको सााचो हो । बाह्य दृष्टिकोणबाट हेर्दा वहााहरुले काफी विकास गरेको भन्ने पनि देखिन्छ । किनकी कयौं सत्तामा पुग्नुभएको छ, कतिपय प्रधानमन्त्री पनि बन्नुभएको छ । मन्त्रीमण्डलमा, संविधानसभामा प्राप्त बहुमत प्राप्त पनि गर्नुभएको छ । तर हेर्ने आ आफ्ना कोणहरु हुन्छन् हेर्नुहोस् । कम्युनिस्ट आन्दोलनमा सत्तामा को पुग्यो भन्ने दृष्टिकोण हेर्नु हुादैन । सरकारमा पुगेको दृष्टिकोणलाई आधार बनाउने बेलामा हामीले त्यसलाई अर्को दृष्टिकोणबाट मुल्याकंन गर्छौं । सैद्धान्तिक दृष्टिकोणमा नीतिगत दृष्टिकोणमा सरकारमा गएकाहरु अगाडि बढे कि पछाडि परे त्यो मुख्य प्रश्न हो । यदि सैद्धान्तिक पक्ष नीतिपक्षलाई पछाडि राखेर खाली भौतिक रुपमा सरकारको रुपमा, पदको रुपमा माथि पुगेकोलाई मूख्य मान्ने हो भने हामी अर्कै निष्कर्षमा पुग्नुपर्ने हुन्छ । जस्तो कि मरिचमान सिंह श्रेष्ठ भन्नुहोस् उनलाई मैले पार्टी सदस्य दिएको थिएा, पछि उनी प्रधानमन्त्री बने । पछि पञ्चायतकालमा कयौं साथीहरु मन्त्री बने । त्यो बेला पनि यो कुरा उठ्न सक्थ्यो ।  पञ्चायती दृष्टिकोणले डा. केशरजंग रायमाझी माथिल्लो पदमा पुगे । त्यसैले यही सफलता हो या के हो ? त्यसकारण पद या सत्तामा पुग्ने कुरा भन्दापनि सैद्धान्तिक पक्ष क्रान्तिकारी दृष्टिकोणका आधारमा को कहाा छ भन्ने विषय मुख्य हुनुपर्छ । त्यो आधारमा नेताको नेतृत्वको मूल्याकंन हुनुपर्छ । माक्र्सवादी लेनिनवादी धरातलबाट हेर्दा माथि पुगेका भनेकाहरु सही छन् या गलत छन् त्यो दृष्टिकोणबाट हेर्नुपर्छ जस्तो लाग्छ । विगतमा र अहिले सत्तामा पुगेका कम्युनिस्ट नेताहरु मालेमावादी दृष्टिकोणलाई पछाडि पारेर नै गएका छन् । त्यसलाई सफलता मान्ने हो भने कम्युनिस्ट आन्दोलनमा त्योभन्दा बिडम्बना अरु के हुनसक्छ ?
माओवादीहरुको हकमा पनि त्यही भन्न खोज्नुभएको हो ?
हो, उनीहरुले अहिले जे सफलता प्राप्त गरेको भनिरहेका छन् । मेरो बुझाईमा सैद्धान्तिक दृष्टिकोणबाट संगठनात्मक प्रणालीको दृष्टिकोणबाट माक्र्सवादी लेनिनवादी मान्यताबाट माओवादीसाथीहरु धेरै तल झर्दै गइरहेका छन् । त्यसकारण यसलाई विकास गरेको भन्न सक्दैनौं । तैपनि सैद्धान्तिक दृष्टिकोणमा उनीहरुसाग हाम्रो मतभेद रहेपनि अहिलेको तात्कालिक राजनीतिक प्रश्नमा राजतन्त्रविरुद्धको संघर्ष, गणतन्त्र प्राप्तका लागि भएका संघर्षमा हाम्रो समर्थन छ ।

० अहिले नेपालमा कम्युनिस्ट पार्टीहरु धेरै छन् तर आन्दोलनको सही नेतृत्व गर्ने पार्टी नेता नपाएको जनताको पछिल्लो अनुभूति छ, यो के कारणले होला तपाईको बुझाईमा ?
नेपालमा कम्युनिस्ट पार्टी यसरी विभाजित हुनुको पछडि पहिले अन्तराष्टियले प्रभाव पारेको थियो । अहिले पनि कम्युनिस्ट आन्दोलनको आवश्यकता र मान्यताबाट पछि हट्दै जानु, त्यसको ठाउामा आप्ना कतिपय फाइदाहरु, स्वार्थहरु, पदहरु यस्ता विषयहरुले पनि आधार बनाएको छ विभाजनका लागि । रायमाझी मनमोहनदेखि अहिले आएर माओवादीसम्म पनि त्यो रोग देखियो । कम्युनिस्ट आदर्श मूल्य मान्यता छोडेर प्राप्त गरेको सत्ता वर्गविरोधीभन्दा के फरक भयो र ? अहिलेसम्म देखिएको त्यही हो । त्यसैले अब यस विषयमा फेरि एकपल्ट गम्भीरतापूर्वक समीक्षा आवश्यक छ ।

० अहिलेको माओवादी नेतृत्वबारे तपाईको भनाई के छ ?
कम्युनिस्ट आन्दोलनको मुल नेतृत्वबारे दुई एङ्गलबाट हेर्छाैं । एउटा कम्युनिस्टहरुको सैद्धान्तिक रणनीतिक मान्यताका दृष्टिकोणबाट । अर्को तात्कालिक राजनीतिक परिस्थितिको दृष्टिकोणबाट । कम्युनिस्ट आन्दोलनमा पनि दुईटा पक्षहरु हुन्छन् । एउटा सैद्धान्तिक राजनीतिक पक्षहरु अर्को तात्कालिक कार्यनीतिक पक्षहरु । हामी सैद्धान्तिक र रणनीतिक पक्षमा दृढ हुनुपर्छ । कार्यनीतिक पक्षमा आवश्यकता अनुसार परिवर्तन गर्नुपर्छ । लेनिन, माओ स्टालिन सबैले जोड दिएको विषय पनि त्यही हो । तात्कालिक बस्तुस्थितिको तथ्यपरक विश्लेषण गर्नुपर्छ । यसो गरेनौं खाली सैद्धान्तिक र रणनीतिक विषय मात्र हेर्यौं भने सही विष्लेशण गरेनौं भने त्यो गल्ती हुन्छ । त्यसले वामपन्थी भड्काव ल्याउाछ ।
माओवादीको विषयमा पनि त्यो कमजोरी हामीले देखेका छौं । सैद्धान्तिक र रणनीतिक रुपमा सही कुरा उठाएर पनि तत्कालिक परिस्थिति अनुरुपको कार्यनीति नबनाउादा गल्ती गरेका छन् । सही वस्तुको सही विश्लेषण आधारभूत पक्ष भनेर लेनिनले भन्नुभएको छ । त्यसैले यो कुरा विर्सनुभयो भने तपाईले जतिसुकै क्रान्तिकारी कुरा गरेपनि त्यो कोरासावित हुन्छ । माओवादीले पनि यसप्रकारका कमजोरीहरु बारम्बार गर्दै आएका छन् । यो समस्या रिमका साथीहरुमा पनि देखियो, यसको असर हाम्रा माओवादी साथीहरुमा पनि देखियो ।
माओवादीमा रिमको प्रभाव बढी भन्न खोज्नुभएको ?
हो । प्रचण्डहरुले रिमका साथीहरुले जेजे भन्छन् त्यही मान्ने ? सही कुरालाई वकालत गर्ने विषयमा म एक्लै भएा । कयौं बैठकमा मैले एक्लै फेस गर्नुपर्यो । हामीले स्पष्ट सैद्धान्तिक दृढका साथ रिमलगायत प्रचण्डजीहरुको विरोध गर्यौं । त्यसको परिणाम स्वरुप पछि रिम र माओवादीका साथीहरुबीच पनि मतभेद देखापर्यो । उनीहरुले त्यो कुरा शुरुमा बुझ्न सकेनन् । रिमका साथीहरु फेरि कुरा मात्र ठूला गर्ने आफ्नै सोचाई केही छैन । रिमको मूख्य नेता आरसीपी अमेरिका हो तर अमेरिका एउटा आन्दोलन गर्दैनन् उनीहरु । किसान मजदुर आन्दोलन केही गर्दैनन्, उनीहरुको नेतृत्व पेरिसमा गएर बस्छन् । खाली कितावहरु लेख्ने प्रकाशन गर्नेमै सीमित त उनहरुको क्रान्ति । अनि उनीहरु नै अर्ति दिन्छन् सारा देशहरुलाई क्रान्ति गर भनेर । उनीहरु भन्छन्, परिस्थिति आवश्यक छैन, आफै तयार हुन्छ । तर अमेरिकामा किन परिस्थिति कुरिराछन् ?

० विज्ञानत: परिस्थिति निर्माण गर्ने कुरा मूख्य हो कि परिस्थिति पर्खिने कुरा ?
माक्र्सवादको व्याख्या के हो भने बस्तुगत परिस्थिति नै मूख्य हो भन्ने हो
। त्यसलाई निर्माण गर्न सकिदैन, बरु त्यो परिस्थितिलाई परिचालन गर्न सक्छौं । लेनिनले रुसमा क्रान्ति गर्दा विश्वयुद्ध चलेको थियो, त्यो बस्तुगत परिस्थिति थियो । व्यवहारत: बस्तुगत परिस्थितिको मुल्याकंन मुख्य कुरा हो भनेर माओले जोड दिनुभयो । त्यो परिस्थितिलाई बुद्धिमतापूर्वक बढी भन्दा बढी आफ्नो पक्षमा उपयोग गर्ने भन्ने मात्रै हो । यदि परिस्थितिको निर्माण गर्ने कुरालाई भन्नुहुन्छ भने परिस्थिति तयार नभईकन माक्र्सले किन क्रान्ति गरेनन् त ? त्यसकारण टाटस्की र लेनिनबीच यही विषयमा पनि विवाद चल्यो । टटस्कीले भन्थ्यो, परिस्थितिको जरुरी नै छैन, शुरु गरेपछि निर्माण हुन्छ । वास्तवमा त्यो ठीक कुरा थिएन । त्यही कुरा आरसीपी अमेरिकाले भन्थ्यो, प्रचण्डहरुले त्यही कुरामा विश्वास गर्नुभयो । मेरो त्यसमा सहमति थिएन । अहिले पनि माओवादीमा त्यो अवशेष बााकी नै छ ।

अन्तमा साम्यवादी आन्दोलनको भविश्य कस्तो छ त ?
कतिपय घटनाबाट प्रभावित हुने अनि प्रतिकुलता हुनेवित्तिकै निराश हुने प्रवृत्ति ठीक हैन । कम्युनिस्ट आन्दोलन तबसम्म रहन्छ र हुर्किन्छ, जबसम्म पुाजीवाद रहन्छ, विभेद रहन्छ, अन्याय अत्याचार, शोषणदमन रहेसम्म यो आन्दोलन झन्झन् चर्किएर जान्छ । जुन परिस्थितिले कम्युनिस्टलाई जन्मदियो त्यसले यो आन्दोलनलाई हुर्कन मद्दत गर्छन् । पुाजीवादी व्यवस्थामा उत्पादनका साधनहरुमाथिको स्वामित्वको विषयले स्वत: साम्यवादी अन्दोलनलाई विकास गराउाछ । भौतिक परिस्थितिले कुनैपनि विषयलाई निर्माण गर्छ । अहिलेको भौतिक परिस्थिति भनेकै पुाजीवाद हो । त्यसले उतारचढाव भएपनि साम्यवादी आन्दोलन विश्वमै फैलिएर जानेछ र त्यसले समाजवाद हुादै साम्यवादको यात्रालाई कम्युनिस्ट नेता र पार्टीहरुले सुनिश्चित गर्नुपर्छ र हुन्छ पनि ।

पेटभरी दूध, न बच्चालाई न बाच्छालाई †
सिर्जना तिम्सिना
चिकित्सकहरु भन्छन्बच्चालाई ६ महिनासम्म आमाको दूध मात्रै भए पुग्छ, अरु खुवाउनु पर्दैन । तर ६ महिना त के, ६ दिनसम्म पर्खन पनि धेरै आमालाई गाह्रो लाग्छ । बच्चालाई आङ्खनो दूधभन्दा गाईभैंसी र ल्याक्टोजिन लगायतका फर्मुला मिल्क र अन्य कुराहरु खुवाउने प्रचलन नेपालमा धेरै छ ।   एक तथ्याङक अनुसार नेपालमा बच्चा जन्मिएको एक घण्टा भित्र विगौती दुध खान पाउने शिशुहरु जम्मा ४५ प्रतिशत मात्र रहेको छ । औषत दुध खुवाउने आमाहरुको संख्या धेरै भए पनि बच्चालाई अतिमहत्वपूर्ण मानिने बिगौती दुध एक घण्टा भित्र खुवाउनेमा किन समस्या भएको होला त ? विगौती दुध खुवाउन नहुने रुढीवादी धारणा , शारीरीक समस्या र अन्य विभिन्न कारणले पनि महिलाहरुले बच्चा जन्मिनासाथ दुध नखुवाउने गरेको स्वास्थ्य विभाग अन्तर्गत वाल स्वास्थ्य महाशाखाका निर्देशक डा शेनेन्द्रराज उप्रेती बताउछन् ।
अक्सर गाउँघरतिर बच्चा जन्मने बित्तिकै आमाको बिगौती दूध खुवाउनु हुँदैन भन्ने धारणा छ । शहरी क्षेत्रका महिलाहरुको त झन दुध बच्चाले खाएमा स्तन झोलिने र सुन्दरतामा कमी आउने भन्दै बच्चालाई फर्मुला दुध खुवाएर आफ्नो प्राकृतिक दुध सुकाउन् लाग्छन शहरीया कतिपय महिलाहरु । जन्मने बित्तिकै निस्कने आमाको पहेँलो बाक्लो बिगौती दूध बच्चाको स्वास्थ्यका लागि अत्यन्तै उपयुक्त मानिन्छ । डाक्टरहरुको भनाइमा यो दूधमा रोगसँग लड्न सक्ने क्षमता भएकाले यसलाई बच्चाको लागि पहिलो खोप पनि भनिन्छ । तर यस्तो पहिलो खोप पाउने भाग्यमानी बच्चाको संख्या भने बढ्न सकेको छैन । सरकारी तथ्यांक हेर्ने हो भने बच्चालाई दूध खुवाउने आमाको संख्या पछिल्लो समय बढेर झण्डै ७० प्रतिशत पुगेको छ । यो अघिल्लो वर्षको भन्दा बढी हो ।
तर शुरुवाती ६ महिनासम्म शिशुलाई नियमित दूध खुवाउने महिलाको संख्या जम्मा ४५ प्रतिशत मात्रै छ । यसमा शहरी क्षेत्रको संख्या निकै कम छ । गाउँघरतिर बिगौती दूध खुवाउन हुँदैन भनेर नखुवाएपनि शिशुलाई स्तनपानको संस्कार छ । तर शहरी क्षेत्रमा शिक्षित र जानकार हुँदा हुँदै पनि बच्चालाई दूध नखुवाउने गरेको देखिन्छ ।
स्वास्थ्य मन्त्रालय बालस्वास्थ्य महाशाखाका प्रमुख डाक्टर सेनेन्द्रराज उप्रेती बच्चाको लागि ६ महिना सम्म आमाको दुध बाहेक केही पनि खुवाउनु पर्दैन भन्दछन् ।
सरकारी तथ्यांकले जे देखाएपनि शहरी होस् या ग्रामिण क्षेत्रमा घरधन्दा र जागिरको क्रममा बच्चालाई दूध खुवाउन नपाउने बाध्यता छ । गाउँघरतिर हेर्ने हो भने भाग्यमानी आमाहरु तीन महिनासम्म सुत्केरी स्याहार पाउँछन् ।
तर धेरै यस्ता आमाहरु छन्, जसले सुत्केरी भएको १५ दिनपछि नै घरधन्दाको काम गर्नुपर्छ र बच्चालाई दूध चुसाउनु उनीहरुका लागि आराम गर्न पाउने मौका मात्रै हुन्छ । तर एकछिन मात्रै खाएको दूधले बच्चालाई पोषण पुग्दैन । यो बाध्यताले बच्चालाई ६ महिना पुग्ने बित्तिकै अरु ठोस कुरा खुवाउन शुरु गरिन्छ, जुन बच्चाका लागि पक्कै पनि राम्रो होइन । अर्कोतिर हेर्ने हो भने गाउँघरतिर आमालाई प्रशस्तै दूध आओस् भनेर ज्वानोको झोल लगायतका खानेकुरा खुवाउने चलन छ ।  सुत्केरी भईसकेपछि हुने शारीरिक परिवर्तन आमा बनेकाहरुका लागि निकै चिन्ताको विषय हने गरेको छ । तर नियमित स्तनपानले महिलाको सून्दरता घटाउनुको साटो बढाउने डा उप्रेती बताउछन् ।
सन् २०११ को तथ्यांक अनुसार दक्षिण एशियामा जन्मिने बित्तिकै एक घण्टाभित्र दूध खान पाउने शिशुको दर ३९ प्रतिशत छ । ६ महिनासम्म नियमीत दूध खान पाउनेको दर भने ४७ प्रतिशत रहेको छ । विश्वभर गएको वर्ष ३९ प्रतिशत बालबालिकाले मात्रै शुरुवाती ६ महिनासम्म लगातार आमाको दूध खान पाएका संयुक्त राष्ट्रसंघीय बालकोष, युनिसेफको तथ्यांक छ ।
नेपालमा स्तनपानका लागि अभियान चालिएको २१ वर्ष पुगेको छ तर अझै पनि स्तनपानमा सुधार आउन पूर्ण रुपमा सकेको देखिदैन । आज भोली बच्चालाई गाईको दुध खुवाएर पेट भराउने समस्या पनि छ । तर गाईको दुध बच्चाका लागि पचाउन नसक्ने र बढी प्रोटिनयुक्त हुने हुनाले पखाला जस्ता समस्या लाग्ने गरेको श्वास्थ्य विभागका महानिर्देशक डा. लक्कनलाल शाह बताउ‘छन् ।
विश्व स्वास्थ्य संगठनले स्तनपानको दर बढ्न नसक्नुको मुख्य कारण आमालाई प्रोत्साहन नमिल्नु भनेको छ । सुत्केरी बिदा, काममा फकिर्एका महिलालाई स्तनपानको समय र ठाउँको अभाव, आमाको दूधको विकल्पमा प्रयोग हुने पदार्थको बढ्दो बजारीकरण ठूला समस्या हुन् ।
नेपालमा अहिले रोगीहरुको संख्या बढ्दो छ , २ करोड ६४ लाख नागरिकका लागि वार्षिक १६ अर्बको औषधी खपत भईरहेको तथ्याङकले देखाएको छ । त्यसैले स्वस्थ्य जीवन, विकाससिल समाज र परिवर्तनको लागि पहिलो आधार भनेकै स्वस्थ्य शिसुहरु हुर्काउनु पनि हो । तपाई हामी सबै आफ्ना शिसुहरुलाई जन्मिएको एक घण्टा भित्रै र त्यस पछि पनि निरन्तर २ वर्ष सम्म स्तनपान गराउन र त्यस कार्यमा उत्प्रेरित गराउन लाग्ने हो कि ?

बिहि, चैत्र २६, २०७१ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य अन्तर्वार्ता समाचार

Like us On Facebook

Follow Us On Twitter