कीर्तिपुर हस्पिटलमा निःशुल्क आँखा शिविर संचालन


चीनबाट आएको डाक्टरको टोलीले  काठमाडौँको कीर्तिपुर स्थित कीर्तिपुर हस्पिटलमा निःशुल्क आँखा शिविर संचालन गरेको छ । नेपालको अरनिको समाजसँगको सहकार्यमा चिनियाँ डाक्टरहरुले मोतिविन्दुका विरामीहरुको शल्यक्रिया गरेका हुन् । ले नेपालमा दोस्रो पटक यस्तो शिविरको आयोजना गरेको हो । यस अघि अघिल्लो वर्ष अरनिको समाजसँगकै सहकार्यमा बाह्रविसेमा आँखा शिविर संचालन गरिएको संस्थाका वरिष्ठ उपाध्यक्ष डा. मनोजमान श्रेष्ठले जानकारी दिनु भयो ।
‘वे टु लाईट’ अभियान अन्तर्गत उक्त चिनियाँ संस्थाले नेपाल, बर्मा, श्रीलङ्का तथा चीनमै विभिन्न स्वास्थ्य शिविर संचालन गरी हजारौँलाई सेवा गरिसकेको बताइएको छ । चीनको अत्याधुनिक शहर स्यानचानका युवाहरुको समूहले त्यहीँबाट डाक्टर सहितको टोली नेपाल ल्याई निःशुल्क सेवा दिएको हो । उक्त संगठनले विश्वका विभिन्न देशमा पुगेर स्वास्थ्य शिविर संचालन गरी निम्न स्तरका सर्वसाधारणको उपचार गर्ने गरेको जनाइएको छ ।शिविर उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि काठमाडौँ क्षेत्र नं. १० का सभासद् राजन केसीले कीर्तिपुरबासीको लागि शिविर संचालन हुनु खुसीको कुरा भएको बताउँदै दुई सरकारबीच मात्रै नभएर नेपाल र चीनका जनता–जनतामा सुमधुर सम्बन्ध कायम गराउन शिविर सफल हुने दाबी गर्नु भयो । उहाँले नेपाल–चीन दौत्य सम्बन्ध स्थापना भएको ६० औँ वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको यो कार्यक्रम दुई देशबीचको सम्बन्ध चट्टान जस्तै मजबुत पार्न थप कदम भएको बताउनु भयो ।
यसैगरी नेपालका लागि चिनियाँ राजदुत उ छुन्थाईले यस्तो ठूलो मानवीय हितको कार्यक्रमले चीन–नेपाल मैत्री सम्बन्धको नयाँ विऊ रोपिने बताउनु भयो । उहाँले चीन लगायत अन्य मूलुकमा समेत ख्याति कमाई सक्नु भएका चिनियाँ डाक्टर वाओ स्याओ मिङलाई नेपालमा पनि ल्याउन पाउँदा अत्यन्तै खुसी लागेको बताउनु भयो । साथै उले विरामीहरुको दृष्टिलाभको समेत गर्नु भयो ।

बिहि, चैत्र २६, २०७१ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया