यस्तो रह्यो `नाईं नभन्नु ल ३` प्रिमियर


nai-nabhannu-la-3 फिल्म ‘नाई नभन्नु ल ३’को भव्य प्रिमियर काठमाण्डौको बिग मुभिजमा गरिएको छ । विकास आचार्यको निर्माणमा मुस्कान ढकालले पहिलो पटक निर्देशन गरेको यो फिल्म हेर्न कलाकार, पत्रकार र फिल्मीकर्मी बाक्लो उपस्थिती थियो ।
प्रिमियरमा आमन्त्रित दर्शकहरू धेरै भएर हलमा स्थान नहुँदा कतिपय कलाकार फर्किएका थिए । फिल्मका मुख्य कलाकारहरु आर्यन सिग्देल, प्रियंका कार्की, सुरज सिंह ठकुरी, संयम पुरी, आश्मा डीसी, अनुभव रेग्मी प्रिमियरमा सहभागी थिए । फिल्म ‘नाई नभन्नु ल ३’ शुक्रबारबाट हलमा लाग्दैछ ।

बिहि, चैत्र २६, २०७१ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया