रियल मड्रिडका लागि रोनाल्डोको ३०० गोल


काठमाडौं २६ चैत ।

क्रिष्टियानो रोनाल्डोले रियल मड्रिडका लागि ३०० औं गोल गरेका छन् । स्पेनिस ला लिगामा रियल मड्रिडले रायो भालेकानोलाई २–० ले पराजित गर्दा एक गोल रोनाल्डोले गरे ।

पहिलो हाफमा रियल मड्रिडका गोलरक्षक इकर कासियासले केही उत्कृष्ट बचाउ गरे । दोस्रो हाफको ६८ औं मिनेटमा रियलले रोनाल्डोको गोलबाट अग्रता लियो । रोनाल्डोको यो २८८ खेलमा ३०० औं गोल थियो ।

उनले ५५ गोल पेनाल्टीबाट गरेका छन् भने ४१ हेड गोल छ । डिबक्स बाहिरबाट ४६ गोल गरेका उनले १४६ गोल भने डिबक्स भित्रबाट गरेका छन् ।

खेलको ७३ औं मिनेटमा जेम्स रोड्रिग्वेजले गोल गरेपछि रियल मड्रिड २–० ले विजयी भयो ।

जितपछि रियल मड्रिड ३० खेलबाट ७० अंकका साथ दोस्रो स्थानमा छ र लिग लिडर बार्सिलोना भन्दा अझै ४ अंकले पछाडि छ ।

बिहि, चैत्र २६, २०७१ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया