आम हड्ताल फिर्ता पछि ३० दल दल भित्र खटपट


चैत्र २५ काठमाण्डौं ।  ३ दिने आम हड्ताल एक दिन पछि नै फिर्ता गरिए पछि एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चा भित्र विवाद शुरु भएको छ ।
एकीकृत माओवादी भित्रै समेत नेतृत्वको निर्णयप्रति विरोधहरु भएको छ भने मोर्चाको घट्टक मधेशी जनअधिकार फोरम नेपाल , संघीय लिम्वुवान परिषद् लगायतकाले आपत्ति जनाएका छन् ।
फोरम अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति नै निकालेर निष्कर्षमा जादै गरेको आन्दोलन फिर्ता लिनुले धोका हुने भन्दै विरोध जनाउनु भएको छ । यस्तै गरी संघीय लिम्वुवान नेपालले पनि वन्दले जनजाति मधेशी सबैको आन्दोलनमा धोका दिएको भन्दै विरोध गरेको छ । विरोधका बाबजुद मोर्चाले २ दिनको आम हड्ताल फिर्ता लिएर छिट्टै नया कार्यक्रम तय गर्ने निर्णय गरेको छ ।
यस अघि हिजोको आम हड्तालले देशभर जनजीवन प्रभावित भएको थियो ।
सरकारसग‘ ठोस सहमति विनानै आन्दोलन फिर्ता भए पछि मोर्चामा केही संकट पैदा भएको छ ।

बुध, चैत्र २५, २०७१ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया