बिप्लव माओबादी द्धारा कास्कीमा जग्गा कव्जा


नेत्र बिक्रम चन्द बिप्लव समुहको नेकपा माओबादीले कास्कीको लेखनाथमा रहेको बिबादीत जग्गामा झण्डा गाडेको छ । सार्बजनिक जग्गामा माफियाहरुको चलखेल बढ्न थालेपछि आफुहरुले झण्डा गाडेको माओबादीले जनाएको छ ।

अर्ध भुमिगत संरचना र्निमाण गर्दे , उक्त खाले गतिबिधि गर्दे आएको माओबादीले कास्कीमा यस अघि पनि झण्डा गाड्ने तथा भष्ट्राचारी घोषणा गर्ने कार्य गर्दे आएको छ ।

लेखनाथ नगरपालिका वडा नं ४ को मद्धतकोपाटनमा रहेको सुकुम्वासी बस्तीमा बिद्यालयको नाममा जग्गा बिक्रिबितरण गर्न थालेपछि माओबादीले झण्डा गाडेर कुनै पनि बाहानामा बिक्रिबितरण नगर्ने र खरिद पनि नगर्न सबैमा चेतावनि दिएको छ ।

यसअघि २०११ सालदेखि बस्दै आएका सुकुम्वासीहरु लाई हटाएर स्थानिय अमरज्योति माध्यामिक बिद्यालयले उपभोग गर्ने भन्दै लालपुर्जा बिनाको जग्गा बिक्रीबितरण गर्न थालेको माओबादी द्धारा जारी गरिएको बिज्ञप्तीमा उल्लेख छ ।

माओबादी कास्कीको पुर्बी कमाण्ड ईन्चार्ज योजनले जारी गरेको बिज्ञप्तीमा एकिकृत नेकपा माओबादी, काग्रेस र एमालेका स्थानिय नेताहरु मिलेर सार्बजनिक सम्पती सिद्धाउन लागी परेको भन्दै ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

जमिनमा लगाईएको बालीनाली नै तहस नहस हुने गरि डोजर चलाएर हुन पुगेको क्षेतिको उचित क्षत्रिपुर्ति उपलब्ध गराउन पनि माओबादीले माग गरेको छ ।

जग्गा कब्जा गरेपछि कोणसभाको आयोजना गरि माओबादी नेता पहाडले अब दलालहरु र माफियाहरुलाई निसाना बनाउन सुरु भैसकेको बताए ।

माओबादी सिद्धिएको सपना देख्नेहरुको बिद्रा खराव हुने गरि गरिब र सर्बहाराको पक्षमा लडाई सुरु भएको र आबस्यकता परे बन्दुक बोक्न पनि तयार भएको उनको भनाई थियो ।

माओबादीले स्थानिय स्कुलले भोगचलन गर्न पाउनुपर्ने भनि दाबि गरेको जग्गामा मात्र झण्डा गाडेको छ । लेखनाथमा अन्य स्थानमा पनि पर्ति तथा सार्वजनिक जग्गाहरु बिक्रि बितरण भेरहेका छन ।

कपाली तमसुकका भरमा बिक्रिबितरण भैरहे पनि हाल सम्म कुनै निकायले पनि चासो देखाएको छैन ।

आइत, चैत्र २२, २०७१ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य देश/राजनीति समाचार

Like us On Facebook

Follow Us On Twitter