गौरको आन्दोलन रोकिए लगत्तै चन्द्रनिगाहपुरमा रिले अनसन


रौतहट, २५ चैत ।

सरकारले दिएको सुविधा फेरि खोसिएको भन्दै चन्द्रनिगाहपुरमा भने हिजैदेखि रिले अनशन सुरु भएको छ । उद्योग वाणिज्य संघ तथा कांगे्रस, एमालेलगायत दलका प्रतिनिधिहरु रिले अनसनमा पालैपालो बस्ने जनाइएको छ ।

रौतहटको २२ गाबिसका जनतालाइ सहज हुने गरी नापी र मालपोत सेवा केन्द्र चन्द्रनिगाहपुरमा राख्ने निर्णय भए पनि सरकारले फिर्ता लिएको थियो ।

आन्दोलनकारीले चन्द्रनिगाहपुर चौकमा सांकेतिक रुपमा नापी र मालपोत कार्यालयको सेवा केन्द्रसमेत खोलेका छन् । सरकारले गरुडा र चन्द्रनिगाहपुरमा सेवा केन्द्र दिने घोषणा नगरेसम्म शान्तिपुर्ण आन्दोलन जारी रहने उद्योग वाणिज्य संघ चन्द्रपुरका अध्यक्ष बासुदेव अधिकारीले बताए ।

बुध, चैत्र २५, २०७१ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया