डोटीमा पहिलो पटक दैनिक पत्रिका प्रकाशन हुदै


डोटी २५ चैत।

डोटी जिल्लामा पहिलो पटक दैनिक पत्रिका प्रकाशन हुने भएको छ । नयाँ डोटेली आवाज नयाँ बर्षको अबसर पार्दै दैनिक रुपमा प्रकाशन हुने भएको छ ।

प्रस्ताबित बिम्ब मिडिया सोसाईटीले प्रकाशन गर्न लागेको पत्रिकाको सँस्थापक सम्पादक शंकर थापा, सम्पादक रामहरी ओझा, कार्यकारी सम्पादक रोजेन्द्र जोशी, सह– सम्पादक दिर्ध खत्री र समाचार प्रमुख कर्ण चन्द रहने निर्णय गरिएको छ ।

बिगत १६ बर्ष देखी डोटी जिल्ला सदरमुकाम सिलगढीबाट प्रकाशन हुने पत्रिका नयाँ बर्षको अबसर पार्दै दैनिक रुपमा सुरु गर्ने निर्णय गरिएको सँस्थापक सम्पादक शंकर थापाले बताए ।

बिगत लामो समय देखी कुनै पनि  दैनिक पत्रिका प्रकाशन नभएको डोटीबाट डोटेली आवाज नयाँ बर्ष देखी निरन्तर प्रकाशन हुने सम्पादक रामहरी ओझाले बताएका छन् ।

बुध, चैत्र २५, २०७१ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य देश/राजनीति समाचार