रन्जन अधिकारी क्षेत्री


‪‎कमरेड‬ हरुलाई सुझावः
डा. गोविन्द केसीको अनसनको न्युज बासी भईसकेको छैन । श्रमजीवि मजदुरका हातमुख जोर्ने ट्याक्सी, किस्ताकिस्तामा जीन्दगी बेचेर किनेका मोटरसाईकलमा आगो झोसेर के उपलब्धि ? अझै राजनीतिमिा त्यही वर्गको हिमायती हुँ भन्ने ध्वाँस ? डा. केसी झैं आमरण अनसन बस टाउके हो, नेपाली जनता महान् छन् तिमीलाई मर्न दिँदैनन् । सात जुनी पुग्ने थुपारेका हुनेखाने टाउकेहरु हो, हुँदा खाने र दिनभरी काम नगरी चुल्हो नबल्नेहरुलाई नमार । अझै जोडले भन्छु, आमरण_अनसन‬ बस तिमीलाई मर्न दिँदैनन्, तर आम_हडताल‬ नगर अरुलाई मारेको पनि सहन्नन् नेपाली जनता । फुलेको बेलुन थियौ, यस्तै हर्कतले हावा फुस्केर खुम्चिसकेका छौं । बचेखुचेको हावा पनि धेरै मच्ची-मच्ची नफुस्काउ ।

मङ्ल, चैत्र २४, २०७१ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया